Logo

मनोरञ्जन

सन्तानकै कारण सामन्था र नागा चैतन्यको वैवाहिक सम्बन्धमा यसरी आयो दरार



काठमाण्डौ – दक्षिण भारतीय फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी डिभोर्सको तयारीमा रहेकी छिन्। सामन्थाको दक्षिण भारतीय फिल्म इन्डस्ट्रीका स्टार नागार्जुनका छोरा स्टार नागा चैतन्यसँग २०१७ मा विवाह भएको थियो।

निकै नि सुन्दर जोडीका रुपमा चिनिएका उनीहरुको केही समयअघिदेखि वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर सार्वजनिक भएको थियो। समाचारअनुसार यो जोडी सम्बन्धविच्छेदको तयारीमा छन्।

यि जोडीले हालैमात्र म्यारिज काउन्सलरसँग भेटघाट गरेका छन्। यसको कारण नागाको सन्तान जन्माउने चाहना रहेको तर सामन्था भने आफ्नो करियरको उत्कृष्ट समयमा पुगेकाले तत्काल सन्तान जन्माउन चाहन्नन्।

सन्तान जन्माउँदा फिल्म छाड्नु पर्ने भएकाले उनी फिल्म छोड्न चाहन्नन्। विवाह पछि सामन्थाले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि अक्किनेनी लेखेकी थिइन्।

तर केही समय अघि सामाजिक सञ्जालबाट अक्किनेनी हटाएपछि उनीहरुको सम्बन्ध बिग्रिएको हुनसक्ने अनुमान भारतीय मिडियाले लगाएका थिए।

प्रकाशित : २६ भाद्र २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल