Logo

समाचार

आमाको मृत्युको बदलामा ६ जनाको ज्यान लिएको लोकबहादुरको बयान



काठमाण्डौ – संखुवासभा घटनाका आरोपी लोकबहादुर कार्कीले तेजबहादुरको परिवारमाथि बदला लिएको देखिएको छ। ६ जनाको ज्यान लिएका उनले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर भएको प्रहरी बयानमा उल्लेख गरेका छन्।

तेजबहादुरकै घरमा उनकी आमा लडेकी थिइन्। उनको उपचारको क्रममा अस्पतालमा निधन भएको थियो। १३ दिने परिवारभित्रका काका तेजबहादुर कार्कीसँग उनले बदला लिएको हुन सक्ने बताइएको छ।

प्रहरीसँगको बयानमा उनले आफूलाई जहिल्यै हेप्ने गरेकाले आवेगमा तेजबहादुरको हत्या गरेको बताएका छन्। एक जनालाई मात्र सिध्याउन गएका उनी अरुले त्यो घटना देखेपछि लखेटी लखेटी अरुलाई पनि मारेका हुन्। तर बुद्धमान कार्की कान नसुन्ने भएकाले केही थाहा नपाएकाले छाडिदिएका थिए।

संखुवासभाको मादी नगरपालिकास्थित उम्लिङमा २१ भाद्रमा एकै परिवारका ६ जनाको हत्या भएको थियो। घरमूली ९० वर्षीय वृद्ध बौद्धमान कार्की मात्र जिवित भेटिएका थिए।

बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की, ५२ वर्षका छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति वर्ष ८ का विपिन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की मृत फेला परेका थिए।

प्रकाशित : २६ भाद्र २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल