Logo

समाचार

नेपालको तुलना स्वर्गसँग गर्दै सद्‍गुरूले भने, ‘नेपाल एशियाको स्वीटजरल्याण्ड, प्रकृतिको अनुपम उपहार’



काठमाडौं – भारतीय प्रख्यात योगगुरु सद्गुरूले नेपाललाई ‘एशियाको स्वीट्जरल्याण्ड’ को उपमा दिएका छन् । नेपाली भूभाग लिमि भ्याली हुँदै कैलाश मानसरोवर यात्रामा निस्केका उनी सोही पथबाटै फिर्ता भई काठमाडौं आइपुगेका छन् ।

सो क्रममा उनले शनिबार नेपाल पर्यटन बोर्डले राखेको एक अनौपचारिक कार्यक्रममा भाग लिए । सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले स्वागत गरे ।

कार्यक्रममा सद्गुरूले नेपाल एशियाको स्वीट्जरल्याण्ड भएको बताएका हुन् । ‘नेचर, कल्चर, एडभेन्चर, यहाँ नभएको के छ ? आवश्यक छ त केवल यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन,’ उनले भने, ‘त्यो चिन्तन उजागर हुँदाको दिन नेपालको समृद्धिलाई कसैले रोक्न सक्दैन ।’

सदगुरुले नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको बताए । उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र स्वर्ग नै यही रहेको बताउँदै भने, ‘नेपाल विश्वका अन्य देश जस्तो होइन, यो भूमिमा अलौलिक आनन्द प्राप्त हुन्छ ।’

उनले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्न सुझाव दिए । योजनाबद्ध विकासविना दिगो विकास सम्भव नभएको भन्दै उनले नेपालका मौलिक कला र संस्कृतिको संरक्षण गर्दै योजनावद्ध विकासमा लैजान समेत पर्यटन बोर्डलाई सुझाव दिएका छन् ।

उक्त अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कोभिडबीच सद्गुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

उनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानताका कारण नेपाल र भारतबीच सहकार्य गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने उनको भनाइ छ । उनले नेपालमा धार्मिक आध्यात्मिक पर्यटन प्रवर्द्धन लागि सदगुरूहरूसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको समेत बताए । खप्तड जस्ता ठाउँमा सदगुरुलाई योग तथा मेडिटेशनका लागि काम गर्न समेत आह्वान गरेका छन् ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २० भाद्र २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल