Logo

राजनीति

गोकुल बाँस्कोटाको क्षेत्रका प्रदेश सांसदसँगै गाउँपालिका अध्यक्ष र वडाध्यक्ष पनि माधव नेपालकै पार्टीमा



काठमाडौं, १७ भदाैं – नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटा निर्वाचित क्षेत्रका दुवै प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) तिर लागेका छन् ।

बाँस्कोटा काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनी निर्वाचित क्षेत्रका दुवै प्रदेशसभा सदस्य एकीकृत समाजवादीतिर लागेका हुन् ।

काभ्रे–२ (क) बाट निर्वाचित लक्ष्मण लम्साल र (ख) बाट निर्वाचित बसुन्धरा हुमागाईं एकीकृत समाजवादीमा लागेका छन् । प्रदेश सांसद लम्सालका अनुसार पूर्वमन्त्री बाँस्कोटाका वडाध्यक्ष समेत नयाँ पार्टीतिर लागेका छन् ।

मण्डनदेउपुर–४ का वडाध्यक्ष भुवन बजगाईं एकीकृत समाजवादीमा रहेको उनले बताए । बाँस्कोटाको गाउँपालिका अध्यक्ष पनि एकीकृत समाजवादीमै लागेका छन् । मण्डनदेउपुर गाउँपालिकाका अध्यक्ष टोकबहादुर वाइवा नयाँ पार्टीमा लागेका हुन् ।

मण्डनदेउपुरको १२ मध्ये आठ वडाध्यक्ष एमालेका छन् । त्यसमध्ये ६ जना एकीकृत समाजवादीतिर उभिने तयारीमा छन् ।

केपी ओलीले खाएको औषधिले काम गरेनः मेटमणि चौधरी (अन्तरवार्ता)

प्रकाशित : १८ भाद्र २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल