Logo

समाचार

संसार छोड्नुभन्दा ६ दिन अगाडि सिद्धार्थ शुक्लाले भनेका थिए, ‘मानव जीवन यति सस्तो भयो !’



काठमाडौं – रियलिटी शो ‘बिग बोस–१३’का विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको छ। टिभी अभिनेता सिद्धार्थको बुधबार राति ४० वर्षको उमेरमा निधन भएको हो।

करोडौं फ्यान फलोइङ कमाएका अभिनेता सिद्धार्थ शुक्ला पछिल्लो समय आफ्नो करियरको शिखरमा थिए।

कयौं टिभी शो र फिल्महरुमा काम गरिसकेका सिद्धार्थले टिभी सिरियल ‘बालिका बधु’बाट रातारात चर्चा कमाएका थिए। त्यसो त अभिनेता सिद्धार्थले आफ्नो मृत्यु भन्दा ६ दिन पहिले मात्रै पनि मानव जीवनको बारेमा कुराकानी गरेका थिए।

राम्रो काम गरेर प्रशंसकहरुलाई दिएका थिए सन्देश

अभिनेता सिद्धार्थ शुक्लले आफ्नो मृत्यु हुनुभन्दा ६ दिन अगाडि मात्र एउटा राम्रो काम गरेर आफ्नो प्रशंसकहरुलाई सन्देश दिएका भारतीय सञ्चारमध्यमहरूले जानकारी दिएका छन्।

अगष्ट २ का दिन एक व्यक्तिले सिद्धार्थ शुक्लालाई ट्याग गरेर सिद्धार्थले सडक कुकुरहरूका लागि अभियान चलाइरहेको बताएका थिए।

साथै सिद्धार्थले सडक कुकुरहरूको खानाका लागि पूरा व्यवस्था गर्ने गरेको बताउँदै सो व्यक्तिले सिद्धार्थलाई धन्यवाद दिएका थिए।

त्यस्तै, अभिनेता सिद्धार्थले पनि सो व्यक्तिलाई जवाफ दिँदै लेखेका थिए, ‘यस्तो संसारमा मानव जीवन यति सस्तो भएको छ। यो देख्दा रमाइलो लाग्छ। भुसिया कुकुरहरूका लागि करुणा छ।’

सिद्धार्थ ट्विटरमा थिए सक्रिय

अभिनेता सिद्धार्थ शुक्ला सोसल मिडिया ट्वीटरमा निकै सक्रिय थिए। सिद्धार्थले आफ्नो प्रशंसकहरुलाई जवाफ दिनका लागि सबैभन्दा बढी ट्वीटर प्रयोग गर्ने गर्थे। सिद्धार्थ शुक्लाले यसअघि पनि एक प्रशंसकलाई ट्वीटरमार्फत् संसारमा माया र सद्भाव फैलाउन अनुरोध गरेका थिए।

साथै उनले ट्वीटरमार्फत् नै आफ्नो प्रशंसकहरूलाई राम्रो राम्रो बाटोमा हिँड्न प्रेरणा दिने गर्थे। सोही स्वभावका कारण सिद्धार्थले करोडौं प्रशंसकहरु टुलेका थिए। भारतीय सञ्चारमध्यमका अनुसार सिद्धार्थले जुनसुकै कार्यक्रमहरुमा आफ्नो प्रशंसकहरूलाई विशेष ध्यान दिने गर्थे।

यस ‘शो’मार्फत् सबैको घर–घरमा प्रसिद्ध बनेका थिए सिद्धार्थ

सन् १९८० डसेम्बर १२ मा मुम्बईमा जन्मिएका सिद्धार्थ शुक्लाले आफ्नो करियरको सुरुवातमा मोडलिङ गरेका थिए। उनले सन् २००४ मा आफ्नो डेब्यू गरेका थिए। त्यस्तै सन् २००८ मा ‘बाबुलका आंगल छुटे न’ नामक टिभी सिरियलमा देखिएका थिए।

त्यसपछि उनी बालिका बधुमा शिवको भूमिकाबाट सबैको घर–घरमा चर्चित बनेका थिए। बालिका बधुबाट चर्चित बनेका सिद्धार्थ शुक्लाले कयौं रियलिटी शोहरूमा भाग लिएका थिए। उनी ‘खतरों के खलाडी’, ‘झलक दिखलाजा’लगायत शोको पनि विजेता बनेका थिए।

यस सिरिजमा अन्तिम पटक देखिएका थिए सिद्धार्थ

पछिल्लो पटक सिद्धार्थ ‘ब्रोकेन बट ब्यूटीफुल–३’ बेव सिरिजमा देखिएका थिए। सो सिरिजलाई सबै दर्शकहरुले निकै मन पराएका थिए।

अन्तिम पटक सिद्धार्थ शुक्ला ‘डान्स दिवाने’मा शहनाज गिलको साथमा देखिएका थिए।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १७ भाद्र २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल