Logo

मनोरञ्जन

अभिनेत्री तथा मोडल साक्षी लम्सालसहित कलाकर्मी सम्मानित (फोटोफिचर)



काठमाडौं, १६ भदौं – अभिनेत्री तथा मोडल साक्षी लम्साल सम्मानित भएकी छन्। लम्सालले कला क्षेत्रमा देखाएको सक्रियता र प्रतिभाको कदर गर्दै लम्साललाई रिबन इन्टरटेनमेन्टले सम्मान गरेको हो।

जनता टेलिभिजन र कान्तिपुर टेलिभिजनमा भिजेका रुपमा समेत काम गरिसकेकी लम्सालाई एक समारोहकाबीच चलचित्रकर्मी सम्मान प्रदान गरिएको हो। उनले दर्जनबढी म्यूजिक भिडियोका साथै केही नाटक र चलचित्रमा पनि अभिनय गरेसकेकी छिन्।

रिबन इन्टरटेनमेन्टले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै लम्सालसँगै कला क्षेत्रमा योगदान दिएका अन्य कलाकर्मी र समाजसेवीहरुलाई पनि सम्मान प्रदान गरेको छ।

सम्मानित हुने अन्य व्यक्तिहरूमा अभिनेता धिरेन शाक्य, चलचित्र निर्देशकहरू सुदर्शन थापा, राजेन्द्र उप्रेती, राजु अधिकारी, म्युजिक भिडियो निर्देशक विधान कार्की, रंग पत्रकार जीवन पराजुली, गीतकार दयाराम पाण्डे, संगीतकारहरू अर्जुन पोखरेल, दीपक शर्मा, समाजसेवी अनुप के। बराल, रंग संयोजक रेनिश फागो, व्यवसायी बालकृष्ण पोखरेल, फेशन कोरियोग्राफर अश्विनी कान्त झा, रेडियो कार्यक्रम प्रस्तोता महेश लिम्बू, कलाकारहरू प्रेम पाण्डे, प्रदीप बास्तोला, गायिका सरिता भारती रहेका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

रिबन इन्टरटेन्मेन्टका तर्फबाट अध्यक्ष निशु झाले आ–आफ्नो क्षेत्रमा राष्ट्रियस्तरका उत्कृष्ट कार्य गर्नेहरूलाई सम्मानित गरिएको बताए। सम्मानित हुनेहरूले आगामी दिनमा पनि आफू रहेको क्षेत्रमा थप योगदान दिने गरी अघि बढ्ने बताएका छन्।

प्रकाशित : १६ भाद्र २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल