Logo

राजनीति

अनेरास्ववियू क्रान्तिकारीले सरकारलाई सोध्यो, ‘मणिपाल कलेजका विद्यार्थीको भविश्य के हुन्छ ?’



काठमाडौं – अनेरास्ववियू क्रान्तिकारीले भारतको मणिपाल एजुकेशनल एण्ड मेडिकल ग्रुपको लगानीमा सन् १९९४ मा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखराको फूलबारीमा सञ्चालित मणिपाल मेडिकल कलेज सरकारलाई समेत जानकारी नै नगराई बेचेको विषयप्रति ध्यानाकर्षण भएको बताएको छ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भ्रातृ संगठन अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति जारी गरी उक्त समूहले सरकारलाई जानकारी नदिई एकतर्फी ढङ्गले बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेज समूहका नारायण पौडेललाई बेचेको प्रति ध्यानाकर्षण भएको बताएका हुन्।

‘सरकारसँगको सम्झौतामा पोखराको फूलबारी र दीपमा ४९ वर्षको लागि लिजमा लिएको जग्गा र उक्त जमीनमा बनाइएको संरचना अरुलाई हस्तान्तरण गर्न नपाउने कुरासमेत सम्झौतामा उल्लेख भएको छ, यसबाट एमबीबीएस र एमडीमा अध्ययनरत विद्यार्थीहरुको भविष्य अब के हुने भन्ने कुराको अन्योलता सिर्जना भएको छ। साथै, उक्त मेडिकल कलेजको विगतको करसमेत चुक्ता गरे–नगरेको कुरा स्पष्ट नभएको हुँदा अविलम्ब नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,’ गजुरेलले भनेका छन्।

नेकपाका प्रवक्ता प्रकाण्डको अन्तरवार्ता

सन् १९९२ मा नेपाल सरकार र मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुपबीच भएको सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारलाई अपिल पनि अखिल क्रान्तिकारीले गरेको छ।

‘अन्यथा, विगतको सम्झौता कार्यान्वयनको निम्ति सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसहित विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, युवालगायत आम जनसमुदायलाई हार्दिक अपिलसमेत गर्दछौं,’ उनले भनेका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सबै प्रकारका विकृति र विसङ्गतिका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवम् सर्वसुलभ गराउनका निम्ति लागिपरेको पनि उनले स्मरण गराएका छन्।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित : १५ भाद्र २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल