Logo

राजनीति

प्रचण्डसँग तत्कालै पार्टी एकता नगर्ने माधव नेपालको घोषणा, एमालेमै फर्किएलान् उनी ?



काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल नेकपा माओवादी केन्द्रसँग एकता नगर्ने भएको बताएका छन्। नेकपा एमालेबाट अलग भएर आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएका अध्यक्ष नेपालले पार्टीको आधार बनाउने उद्घोष गर्दै यही नै पहिलो प्राथमिकता भएको बताएका छन्।

ललितपुरमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वामलोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने बताएका हुन्। अरु कुनै पार्टीसँग तत्काल एकता गर्ने सोच नभएको बताउँदै अध्यक्ष नेपालले भने, ‘यो पार्टी माओवादीमा गएर मिल्छ कि भन्ने भ्रम नराखे हुन्छ, अहिले यो पार्टीको आधार बलियो बनाउने छौं।’

नेपालले देशव्यापी संगठन बनाएर कार्यकर्तामा नयाँ उर्जा ल्याउने, बुथसम्म कमिटी बनाउने र एक कार्यकालपछि अध्यक्ष पदमा नबस्ने समेत बताएका छन्। तर, एमालेसँग पनि एकता नगर्ने बताउँदै अध्यक्ष नेपालले जिल्ला–जिल्लामा पार्टी संगठन विस्तारमा लागिसकेको बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगतिशील वामशक्तिहरूसँग पार्टी एकता र सहकार्य गर्ने बताइसकेका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १२ भाद्र २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल