Logo

राजनीति

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत



काठमाडौं – नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई दलको नेता चयन गरेको हो ।

एकीकृत समाजवादीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीका अनुसार दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका हुन् । ‘नियमावली अुनसार अब अध्यक्ष माधवकुमार नेपालले नै दलको प्रमुख सचेतक र सचेतक तोक्नु हुनेछ,’ नेतृ झाँक्रीले भनिन् ।

नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको हो । नेता नेपालसँग ३० सांसद रहेका छन् ।

नेता नेपालको पार्टी चाँडै देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा रहेको छ । साथै सरकारमा सहभागी हुने नेताहरूको सूची तयार पार्ने विषयमा पनि एकीकृत समाजवादीमा छलफल भइरहेको छ ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १३ भाद्र २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल