Logo

समाचार

नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मा (राष्ट्रपतिको पत्रसहित)



काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते सकिने भएकाले नयाँ प्रधानसेनापति नियुक्त गरिएको हो । पदावधि समाप्त हुने एक महिनाअघि अर्थात् साउन २५ गतेदेखि उनी घरबिदामा बस्नेछन् । जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिएका थिए ।

पुरानो गोरख पल्टनका शर्मालाई ‘सिपाही’को चरित्र भएको अधिकृतको रुपमा चित्रित गर्ने गरिन्छ । जंगीअड्डाका एक अधिकृत भन्छन्, ‘उहाँ सिपाहीसँग घुलमिल हुने र मनमा लागेको कुरा स्पष्टसँग बताउने व्यक्ति हुनुहुन्छ ।’

पुरानो गोरख पल्टन मगर जातिको पल्टन हो । ‘मगर पल्टनमा अधिकृतहरु जवानसँगै खाने, खेल्ने र भिज्ने गर्थे’ पल्टनकै अर्का अधिकृत भन्छन्, ‘उहाँले पनि जवानसम्मको मनोविज्ञान बुझ्नुहुन्छ र उनीहरुको पक्षमा काम गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’

वर्तमान सेनापति पूर्णचन्द्र थापाले पनि आफ्नो कार्यकालमा जवानका पक्षमा काम गर्ने प्रयास गरेका थिए । उनले जवानको पेन्सन अवधि १६ वर्ष बनाउने निर्णय गराए । सिपाहीसँग जवानले प्रत्यक्ष संवाद गर्ने परम्परा सुरुवात गरे । शर्माले आफ्नो कार्यकालमा सिपाहीका लागि के गर्छन्, त्यो चाहिँ भविष्यले नै बताउनेछ ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ११ भाद्र २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल