Logo

मनोरञ्जन

सन् २०२२ मा बलिउडका तीन खानको फिल्म आउँदै, सफल होलान् त ?



काठमाडौँ – बलिउडमा खान परिवारको छुट्टै शान छ। बलिउडका ३ खानले आफ्ना दर्शकलाइ मसलेदार फिल्म दिन निक्कै माहिर छन्। सलमान खान, शाहरुख खान र आमिर खान जसलाई बलिउडले निकै राम्रो कलाकारका रुपमा लिएको छ।

कोरोना महामारीसँगै थलिएको बलिउड फिल्म क्षेत्र अहिले अलि अलि बामे सर्न लागेको छ। सन् २०२२ मा यी तिनै खानको फिल्म दर्शकमाझ आउने भएको छ। कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थिति भई चलचित्र हेर्ने वातावरण नभएको बेला यी ३ खानको फिल्मले निकै राम्रो रिजल्ट दिनेमा चलचित्र कर्मी निकै हर्सित छन्।

तर, सन् २०१८ यी तीनै खानका लागि सुखद रहेन। उनीहरूले अभिनय गरेको फिल्मले समीक्षकको मन जितेन। फिल्मले बक्स अफिसमा पनि कमाल देखाउन सकेको थिएन। त्यस वर्ष सलमान अभिनित ‘रेस ३’ रिलिज भयो। इदको अवसरमा रिलिज भएको यो फिल्मले सलमानको लिस्टमा फ्लप फिल्म थप्नेबाहेक अरु काम गर्न सकेन।

अघिल्लो दुई सिरिज हिट भएकाले यो पटक सलमानको आगमनसँगै फिल्मले नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको थियो। तर त्यसो भएन, ब्रान्डको साख पनि जोगाउन सकेन। यसै वर्ष आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ दीपावलीमा रिलिज भयो।

फिल्म रिलिज अगाडि निकै चर्चा थियो, तर यो फिल्मले पनि दर्शकको मन जित्न सकेन। आमिर खानले माफी नै मागे। अर्थात् फिल्म फ्लप भयो।

त्यसै वर्ष शाहरुख खानले पनि आफूलाई सफल बनाउन सकेनन्। फिल्म ‘जिरो’ डिसेम्बर २१ मा रिलिज भयो तर, फिल्मको कलेक्सनलाई हेर्ने हो भने शाहरुखको खातामा अर्को फ्लप फिल्म थपियो।

फिल्मलाई न त समीक्षकले रुचाए, न त दर्शकले नै। केही वर्षयता निरन्तर असफल भइरहेका खानहरुले ठूलै हल्लाखल्लाका साथ फिल्म ल्याए पनि दर्शकले रुचाएको देखिएन।

आगामी वर्ष सन् २०२२ मा चार वर्षपछि तीन खान एकसाथ तीन फिल्म लिएर आउँदैछन्। सलमान टाइगरको सिरिज लिएर आउँदै छन्। त्यस्तै किङ्ग खान शाहरुखको स्पाइ थ्रिलर पठान र आमिर लालसिंह चड्डा लिएर आउँदै छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १० भाद्र २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल