Logo

राजनीति

माधव नेपालले पाए नेकपा एकीकृत समाजवादी दर्ताको प्रमाणपत्र, दर्ता नम्बर– १६६ (प्रमाणपत्रसहित)



काठमाडौं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा एकीकृत समाजवादी दल निर्वाचन आयोगमा दर्ता भएको छ। अध्यक्ष नेपालको पार्टीको दर्ता नम्बर–१६६ हो।

प्रमाणपत्र प्राप्त भएपछि अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबुकमा ‘दल दर्ता प्रमाणपत्र’ लेखेर पोस्ट गरेका छन्। नेकपा एमालेबाट अलग भएका नेताहरूले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा बुधबार दर्ता भएको हो।

१५ वर्षसम्म एमालेको महासचिवको जिम्मेवारीमा नेतृत्व गरेका नेपालले राजनीतिक जीवनको बिसौनीतिर नयाँ दल दर्ता गराएका हुन्। सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए।

उनीहरूमध्ये ५६ जनाले सनाखत गरेका छन्। दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएनन् । यद्यपि दल दर्ताका लागि चाहिने २०३ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको छ।

नेकपा एमालेले आफूले कारबाही गरेका प्रतिनिधिसभाका १४ सांसद र कर्णालीका प्रकाश ज्वालामध्ये १० जना केन्द्रीय सदस्य भएको र उनीहरुको सनाखत गर्न नहुने भनेर निवेदन दिएको थियो।

आयोगमा यसबारे पनि छलफल भएको थियो। नयाँ दल दर्ताका लागि ५५ जनाको सनाखत भएको र १० जनालाई घटाउँदा पनि अध्यादेशअनुसार दल दर्ता हुने देखिएको आयोगको निर्णय छ।

यस्तै २९ जना संघीय संसदले पनि नेकपा एकीकृत समाजवादी रोजेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए। मंगलबार मात्र दल एकीकृत समाजवादीमा आउन निवेदन दिएका चार जनाले सनाखत गर्न पाएनन्। उनीहरूको हकमा आयोगले उपयुक्त निर्णय गर्ने विश्वास दिइएको नेता पाण्डेले बताए।

अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ। २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित एमालेमा माधवकुमार नेपाल समूहले लगातार समानान्तर गतिविधि गर्दै आएको थियो।

यो समूहमा रहेका १० स्थायी कमिटीसहित केन्द्रीय कमिटी र संघीय संसदको एउटा पक्ष नेकपा एमालेमै रहने भएको छ। यससँगै एमाले औपचारिक रुपमा विभाजित भएको छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ९ भाद्र २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल