Logo

मनोरञ्जन

कर नतिरेका कारण प्रहरीको नियन्त्रणमा अमिताभ बच्चनको कार



काठमाडौँ – बलिउडका महानायक अभिनेता अमिताभ बच्चनको एक ‘रोल्स रोय’ कारलाई प्रहरीले सडक कर नतिरेका कारण नियन्त्रणमा लिएको छ।

बेङ्लोरको परिवहन विभागका अधिकारीहरुले अमिताभको कारसहित दशभन्दा बढी फेरारी र पोर्श जस्ता बिलासी कारलाई नियन्त्रणमा लिएको हो।

तर त्यसमा उनि सवार भने थिएनन् अमिताभको गाडी सलमान खान नाम गरेका एक व्यक्तिले चलाइरहेका थिए। ३५ वर्षका उनी वसन्तनगरमा बस्छन्।

सलमानका पिताले अमिताभबाट यो कार किनेका थिए। अमिताभले कार बेचे पनि कारको नामसारी भएको थिएन। अमिताभलाई यो कार निर्माता विधु विनोद चोपडाले सन् २००७ मा उनको फिल्म ‘एकलव्य’ हिट भएपछि उपहार स्वरुप दिएका थिए।

विभागले कारको कागजात बुझाएपछि मात्र कार फिर्ता गर्ने जनाए पनि कार बिक्रीको एघार महिनापछि कारको नामसारी गर्न नमिल्ने उल्लेख गरेको छ।

प्रकाशित : ९ भाद्र २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल