Logo

पत्र-पत्रिका

कहाँ छिन् चर्चित लोकगायिका विष्णु माझीको ? यस्तो छ मिडियामा नआउनुको भित्री कथा



जीवन पौडेल, काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा करिब दुई दशकदेखि परिचित छिन् विष्णु माझी। लोकसंगीतलाई माया गर्ने नेपालीहरूका लागि ढुकढुकी नै हुन् माझी।

तर, विष्णु माझी कुनै सार्वजनिक कार्यक्रममा भेटिएकी छैनन्। उनको अहिलेसम्म एउटा मात्र फोटो सार्वजनिक भएको छ, जुन फोटो जताततै भेट्न सकिन्छ।

उनको एक झल्को पाउनका लागि र उनीसँगै फोटो खिचाउनका लागि उनका सहकर्मीदेखि उनका फ्यानहरूको सपना आजसम्म पनि यो अधुरो नै भइरहेको छ।

स्याङजाको रत्नपुर–६ चापाकोटमा एक सामान्य परिवारमा जन्मेकी विष्णु परिवारकी जेठी छोरी हुन्। स्थानीय विद्यालयमा ५ कक्षासम्म पढेपछि परिवारले खर्च अभावले गर्दा विद्यालयबाट निकालिनु परेको थियो।

उनलाई पाल्पाका रामपुरका लोकगायक नारायण लेकालीले संगीतमा ल्याएका हुन्। सांगीतिकका हिसाबले उनको माग सबै ठाउँमा छ।

तर, उनी अहिलेसम्म विदेशमा पाइला पनि टेकेकी छैनन्। त्यो त परको कुरा उनी स्वदेशकै मेला–महोत्सवमा पनि कतै देखिएकी छैनन्।

अहिले उनको चरी जेलैमा भन्ने तीजको गित निकै चर्चित छ। तर, त्यो गीतलाई दर्शकले गीत होइन, उनको मनको व्यथा हो, यो उनको जीवनमा आधारित गीत भनेर ट्याग दिइरहेका छन्।

र, फेरि पनि विष्णु माझी खोई कहाँ छिन् भन्ने कुराले सामाजिक सञ्जाल तातेको छ। उनी नेपाली संगीत जगतमा विगत दुई दशक वर्षदेखि सक्रिय छिन्।

नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठूलो योगदान छ। तर, अहिले सामाजिक सञ्जालमा उनको नामोनिशान छैन। उनीसँग एउटा मोबाइल पनि छैन।

गीत गाउन स्टुडियो धाउनेबाहेक अन्यत्र कुनै सार्वजनिक कार्यक्रममा जाँदिनन्। घरबाट बाहिर निस्किँदा पछ्यौरी र मास्कले अनुहार ढाक्छिन्।

स्टुडियोमा छिर्नासाथ पहिले झ्यालको पर्दा लगाउँछिन्, अनि मात्र गाउँछिन्। काठमाडौंमा उनी कहाँ बस्छिन्, कसैलाई थाहा छैन। थाहा हुनेहरू पनि बताउन चाहँदैनन्।

स्याङ्जास्थित माइतीघरमा पनि उनी नपुगेको धेरै भइसकेको बताइन्छ। सबैको प्रश्न अहिले एउटै छ उनी कहाँ छिन्? उनि कस्तो अवस्थामा छिन्?

अनि सबैको उत्तर एउटै उनका पतिले बन्धक बनाएर राखेका छन्। उनका कयौं गीतका कमेन्टमा हेर्ने हो भने त्यही भेटिन्छ। तर, खास कुरा के हो आजसम्म कसैलाई थाहा छैन।

कास्कीको लेखनाथ नगरपालिकाका बासिन्दा सुन्दरमणि अधिकारीसँग निकै लामो लिभिङ टुगेदरमा बसेर अहिले विवाह गरेर बसेका छन्।

सुन्दरमणि अधिकारी पोखरा र आसपासका क्षेत्रमा आयोजना हुने लोकगीत प्रतियोगितामा गाउँदै हिँड्ने उनी विष्णुसँग जोडी बाँधेपछि मात्र चर्चा पाए।

उनी आफै पनि मिडियामा खासै धेरै आउन खोज्दैनन्। तर, उनी चाहिँ अहिले सपना म्यूजिक प्रालि नामक आफ्नै स्टुडियो चलाउँछन्।

यो बारेमा उनीहरू कसैले पनि आजसम्म स्पष्टीकरण दिएको छैन। हो, कसैसँग पनि आफ्नो मर्जीअनुसार बाँच्ने हक हुन्छ। तर, जब कुनै सेलिब्रेटीका बारेमा गम्भीर प्रश्न उठ्छ, त्यतिबेला स्पष्टीकण दिनुपर्ने उनीहरूको दायित्व हो।

विष्णु माझीलाई नजिकबाट उनका दर्शक श्रोताले नियाल्न चाहिरहेका छन्। तर, उनी चर्चित हुँदाहुँदै पनि आजसम्म पनि सबैका लागि एउटा रहस्यमय गायिका बनिरहेकी छिन्।

प्रकाशित : ८ भाद्र २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल