Logo

स्वास्थ्य

जापानबाट अष्ट्राजेनेकाको थप खोप शनिबार काठमाडौं आइपुग्ने



काठमाडाैँ – जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई अनुदानमा दिएको थप आठ लाख अष्ट्राजेनेका खोप शनिबार काठमाडौं आइपुग्ने भएको छ।

काठमाडौंस्थित जापानी राजदूतावासले दिएको जानकारीका अनुसार जापानबाट कुल १६ लाख १४ हजार ७४० डोज खोप नेपाल आउन लागेको हो।

त्योमध्ये आठ लाख डोज साउन २३ र २४ गते नेपाल आइपुगेको थियो। राजदूत किकुता युताकाले यो खोप अनुदान नेपाल-जापान मित्रताको प्रतीक भएको बताएका छन्।

यो खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसिरहेका जेष्ठ नागरिकहरूलाई दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित : ३ भाद्र २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल