Logo

राजनीति

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री शाक्यद्वारा ३ सदस्यीय मन्त्रिपरिषद विस्तार



बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन्। उनले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन्। पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो।

प्रदेश सरकारका सात मन्त्रालयमध्ये बाँकी चार मन्त्रालय भने मुख्यमन्त्री शाक्यले तत्काल आफ्नै जिम्मेवारीमा राखेकी छन्।

माधवकुमार नेपाल समूहलाई नेकपा एमालेकी उपाध्यक्ष शाकयलाई बुधबार राति मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो। प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका थिए। यससँगै शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी छिन्।

लामो समयदेखि नेपा समूहमा रहेर ओलीविरुद्ध लडेकी शाक्यले पार्टी गठनको समयमा नेपाल समूह त्यागेकी हुन्। ओली समूहले मुख्यमन्त्री अफर गरेपछि उनले नेपाल समूहलाई छाडेको चर्चा चलेको छ।

तर, उनलाई संसदमा बहुमत पुग्छ त भन्ने चासो देखिएको छ। कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ। नेकपा एमालेसँग प्रदेश सभामा ५६ जना सांसद छन्। जुन बहुमतका लागि पर्याप्त छ। तर बागमतीमा ओलीपक्षका ३५ र माधवपक्षका २१ सांसद छन्।

प्रदेशमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन्।

माधव पक्षका सांसदको समर्थनबाट मात्र उनलाई बहुमत पुग्ने देखिन्छ। किनकि अन्य दलहरुले उनलाई समर्थन गर्ने कुरा हालका लागि सम्भव देखिदैन। माधव समूहका सांसदहरुले साथ छाडेमा शाक्यको सत्ता टिक्दैन।

रमेश खरेल अब राजनीतिमा ?

प्रकाशित : २ भाद्र २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल