Logo

विश्व

अफगानि राष्ट्रपति गनी करोडौं डलर लिएर भागेको खुलासा, तत्काल पक्राउ गर्न इन्टरपोललाई आग्रह



एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छाड्दै गर्दा पैसाले भरिएको चारवटा कार र हेलिकप्टर लिएर भागेको आरोप लागेको छ।

संकटको स्थितिमा देश छाडेर भागेका गनीमाथि रुसले पैसा चोरको आरोप लगाएको हो। गनीलाई पक्राउ गर्न यन्टरपोल प्रहरीलाई आग्रह समेत गरिएको छ। ताजिकिस्तानस्थित अफगानिस्तान दूतावासले राष्ट्रपति गनी र उनका दुई सहयोगीलाई पक्राउ गरिदिन इन्टरपोल प्रहरीलाई आग्रह गरेको अन्तर्राष्ट्रिय सत्तचारमाध्यमले जानकारी दिएका छन्।

गनी, राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्लाह मोहिब र गनीका पूर्वमुख्य सल्लाहकार फजेल महमूदमाथि कोषागार चोरी गरेको आरोप लागेको हो। तालिबानले देशको राजधानी कब्जा गरेपटि उनीहरु गत आइतबार देश छाडेर भागेका थिए।

काबुलमा रहेको रूसी दूतावासकी प्रवक्ता निकिता इश्चेन्कोले गनी भाग्दा केही पैसा नअटेर छोडेर गएको खुलासा गरेका छन्।
चार कारहरु पैसाले भरिएको थियो र उनीहरुले पैसाको अर्को भाग एक हेलिकप्टरमा राख्ने कोसिस गरेको बताइएको छ। तर, ती सबै अटेन र केही पैसा त्यही छाडेर उनीहरु भागेको आरोप लागेको हो।

तालिबान लडाकूहरूले काबुललाई घेरेपछि दुई हप्ताभन्दा कम समयमा देशको ३४ प्रान्तीय राजधानीमा २६ कब्जा गरेपछि सत्ता हस्तान्तरणको शान्तिपूर्ण वार्ताका बीच गनीले छाडेका हुन्।

विद्रोही समूह तालिबानको शासन शुरु भइसकेको छ। भिडियो देखिएअनुसार हात हल्लाउँदै विमान चढेका गनी उज्वेकिस्तान हाँक्किएको अनुमान गरिएको थियो। तर, हालै प्राप्त जानकारीअनुसार उनी युएईमा रहेका छन्। गनी आफ्नो परिवारसहित अबुधावी पुगेको खुलेको युएई सरकारले पुष्टि गरेको छ।

युएईको परराष्ट्र मन्त्रालय र अन्तर्राष्ट्रिय कर्पोरेशनले युएईले राष्ट्रपति गनी र उनको परिवारलाई स्वागत गरेको जानकारी दिएका छन्। तालिबानबाट खतरा हुन सकने भन्दै विभिन्न देशहरुले त्यहाँबाट आफ्नो नागरिकलाई उद्धार गरिरहेका छन्। यद्यपि तालिबानी नेताहरुले कसैलाई हानी नगर्ने बताउँदै आएका छन्।

रमेश खरेल अब राजनीतिमा ?

प्रकाशित : २ भाद्र २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल