Logo

समाज

न्याय क्षेत्रको इतिहास झल्काउन ‘न्यायिक संग्रहालय’



काठमाडौं – न्याय प्रणाली र न्यायिक इतिहासबारे जानकारी दिने उद्देश्यले न्यायिक सङ्ग्रहालय स्थापना गरिएको छ। सर्वोच्च अदालत परिसरमा स्थापित सङ्ग्रहालयको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मङ्गलबार उद्घाटन गरे।

प्रारम्भिक रूपमा स्थापना भएको सङ्ग्रहालयमा न्याय क्षेत्रको चरणबद्ध इतिहास झल्कने दस्तावेज सङ्गृहीत गरिएको छ। न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वको समूहले उक्त सङ्ग्रहालय स्थापनाको नेतृत्व गरेको थियो।

न्यायाधीश मल्लले ऐतिहासिक र पुरातात्त्विक दस्तावेज समेटेर सङ्ग्रहालय स्थापना गरिएको जनाकारी दिइन्। उनले भनी, ‘न्यायिक इतिहास, न्याय प्रणालीका विषय र लिखित कानुनअघिका सामग्रीलाई सूचीकृत गरिएको छ। ३५० भन्दा बढी सामग्री छन्। यसलाई विस्तार गर्ने र म्युजियम बनाउने प्रयत्न भएको हो। यो न्यायिक इतिहासको खोजी पनि हो।’

सङ्ग्रहालयमा शिलालेख, भोजपत्र तथा टाइपराइटर पनि सङ्ग्रहित छन्। नेपालीको कानुन विकास क्रमका सामग्री पनि सङ्ग्रहालयमा छन्। जसमा १९४५ मा जारी भएको पाँच भागको मुलुकी ऐनको पाँच भागसम्मको सङ्कलन, १९९१ सम्मको संशोधन समावेश भएको मुलुकी ऐन, मुलुकी ऐन प्रतिस्थापन गरेका नयाँ संहिताहरू पनि सङ्ग्रहालयमा राखिएका छन्। २०२० को मुलुकी ऐनलाई पनि सङ्ग्रहालयमा राखिएको छ।

गगन थापाकाे अन्तरवार्ता

प्रकाशित : १ भाद्र २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल