Logo

राजनीति

केपी ओलीले भने, ‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, बन्द गर ओली याद आउने सबै चिजहरू’



काठमाडौं, २५ साउन – नेकपा एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको आफ्नै शैली छ, भाषण गर्ने। केही न केही ‘नयाँ’ खुराक मिडियाले दिने ओलीले सोमबार पनि त्यसै धारणा सार्वजनिक गरेका छन्।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘सबै भत्काउने काम मात्रै गरेको’ टिप्पणी गरेका छन्। ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा आयोजित केन्द्रीय कमिटी बैठकमा ओलीले गठबन्धन सरकार एक महिनासम्म विस्तार हुन नसकेको बताउँदै ‘बिल्ला’ गरेका छन्।

‘उहाँहरूले जनताका लागि केही नयाँ गर्ने होइन, के भत्काउने भनेर काम शुरु भएको छ, जनताले गीत लेखिसके– भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ सुरुङका प्वाँल, बन्द गर ओली याद आउने सबै चिजहरू,’ ओलीले भने।

गठबन्धन सरकारले ल्याएको साझा नीति कार्यक्रमको मूल प्रस्तावनाबाट आफूहरूमाथि गा’ली र आ’क्रम’ण शुरु भएको बताउँदै ओलीले सरकारले कुनै उल्लेखनीय काम गर्न नसक्ने दावी गरेका छन्।

भीम रावल र प्रदीप गिरीले एमसीसीबारे के भने (भिडियो)

यसैबीच, नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरू मात्र निर्वाचनको प्रकृयाबाट छान्ने गरी विधान संशोधन प्रस्ताव गर्ने प्रस्ताव अघि सारेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली समूहको तुलसीलाल प्रतिष्ठान च्यासलमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव तल्लो कमिटीसम्म छलफलमा लैजाने निर्णय गरेको हो।

ओली पक्षका केन्द्रीय सदस्यहरू मात्रै सहभागी बैठकमा आसन्न विधान महाधिवेशनमा लैजाने निर्णय गरेको एक नेताले बताएका छन्। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले १३ पदाधिकारी रहने प्रस्ताव गरिएको जानकारी दिएका हुन्।

स्थायी कमिटी खारेज गर्ने निर्णय भएको ज्ञवालीले बताए। सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी मात्रै रहने उनले बताएका छन्। प्रस्तावित विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव हुने र अध्यक्षबाहेक सबैलाई मनोनित गर्ने निर्णय भएको छ।

‘अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनेछन्, अरु केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गरिएको छ,’ ज्ञवालीले भने। एमालेमा अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव रहने व्यवस्था छ। सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था अहिलेसम्म छ।

स्थायी कमिटी खारेजीसँगै पोलिटब्यूरो र २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्तावित विधानमा उल्लेख छ। प्रदेश, जिल्ला र स्थायी तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई सहसचिव रहने ज्ञवालीले बताए। सबै कमिटीमा अध्यक्ष र कमिटी अधिवेशनबाट चयन गर्ने निर्णय भएको ज्ञवालीले बताएका छन्।

यसैबीच, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका एक नेताले अध्यक्ष ओलीले पार्टी कब्जा गर्न र आफू खुशी पदाधिकारी नियुक्त गर्न यो प्रस्ताव ल्याएको बताएका छन्।

‘ओलीजीले पार्टी कब्जा गर्ने प्रयास स्वरुप यो प्रस्ताव ल्याउनु भएको हो, निर्वाचनबाटै पदाधिकारी निर्वाचित गर्ने व्यवस्था ठिक छ, अरु कुनै प्रस्ताव मान्न सकिँदैन,’ ती नेताले भने।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २५ श्रावण २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल