Logo

मनोरञ्जन

किरण गजमेरलाई दी भ्वाइस अफ नेपाल सिजन–३ को उपाधि



काठमाडौं, २४ साउन – दी भ्वाइस अफ नेपाल सिजन–३ को उपाधि किरण गजमेरले जितेका छन्। काठमाडौंमा शनिबार राति सम्पन्न फिनालेमा निर्णायक प्रमोद खरेलको टीमबाट किरण विजेता बनेका हुन्।

दी भ्वाइस अफ नेपालका निर्णायकमा अग्रज संगीतकर्मी–गायक दीप श्रेष्ठ, गायक प्रमोद खरेल, गायक राजु लामा र गायिका तृष्णा गुरुङ रहेका छन्। टीम दीपबाट आर्यन तामाङ, टिम टीम राजुबाट तारा श्रीष मगर र तृष्णाबाट ज्वाला राईसँगै टीम प्रमोदबाट किरण फाइनलमा पुगेका थिए।

विजेता किरणसँगै टीम राजुबाट तारा, टीम दीपबाट आर्यन र टीम तृष्णाबाट ज्वाला क्रमश दोस्रो, तेस्रो र चौथो भए। तारा श्रीस मगर दी भ्वाइसको फाइनलमा पुग्ने पहिलो महिला हुन्। ताराले काठमाडौंका सोनाम शेर्पालाई रोक्दै फाइनलमा पुग्न सफल भएकी हुन्।

यसअघि, दी भ्वाइस अफ नेपालको पहिलो सिजनको उपाधि टीम दीपबाट स्याङ्जाका सिडी विजय अधिकारीले जितेका थिए। सिजन–२ को उपाधि टीम प्रमोदबाट झापाका राम लिम्बूले उपाधि जितेका थिए।

चारै जना कोचहरूको टीमबाट एक–एक जना प्रतिस्पर्धी फाइनलमा पुगेका हुन्। टीम दीपबाट बुटवलका गोविन्द पुनलाई पछि पार्दै आर्यन अन्तिम चारमा पुगे। टीम प्रमोदबाट सिक्किमका रवि गहतराजलाई पछि पारेर फाइनलमा पुगेका किरणले उपाधि जितेका हुन्।

टीम तृष्णाबाट खोटाङका ज्वाला राईले काठमाडौंकी अफ्रिता खड्गीलाई उछिन्दै फाइनलको यात्रा तय गरेका हुन्। विजेताले २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २४ श्रावण २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल