Logo

राजनीति

उपसभापति निधिको उद्घोष, ‘१४औं महाधिवेशन जहिले भए पनि सभापतिमै उम्मेदवारी दिन्छु’



धनुषा – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । धनुषामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले १४औं महाधिवेशन जहिले भए पनि सभापतिमा आफ्नो उम्मेदवारी हुने बताएका हुन्।

पूर्वउपसभापति निधिले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी शुरु गरिसकेको बताएका छन्। निधिले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने र महाधिवेशनको तयारीले गति लिने जानकारी दिए।

‘भदौमा महाधिवेशन हुन्छ भनेर सभापति शेरबहादुर देउवाजीले पनि भनिरहनुभएको छ, क्रियाशील सदस्यतामा देखिएको विवाद समाधानका लागि छलफल शुरु भएको छ, विवाद टुङ्गिएसँगै महाधिवेशनको तयारीले गति लिन्छ, तदर्थ समिति वा विशेष अधिवेशनको कुनै आवश्यकता छैन,’ उनले भने।

पूर्व उपप्रधानमन्त्री निधिले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यदलले टुङ्ग्याइसकेकाले अब चाँडै मन्त्रिपरिषद् पनि विस्तार हुने बताएका छन्।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास भइरहको हुँदा मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको निधिको भनाइ थियो ।

‘माधव नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेको छ, पार्टी सभापति देउवाजीलाई प्रधानमन्त्री बनाउन ज–जसले सहयोग गर्नुभएको छ, उहाँहरू सबै पक्षलाई सरकारमा समावेश गराउने हाम्रो चाहना छ, त्यसैले केही ढिला भएको हो,’ उनले भने।

निधिले सबै दललाई सरकारमा सहभागी गराउने आफूहरुको चाहना भएको र त्यसका लागि छलफल भइरहेको जानकारी दिएका छन्।

भीम रावल र प्रदीप गिरीले एमसीसीबारे के भने (भिडियो)

प्रकाशित : २२ श्रावण २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल