Logo

राजनीति

केपी ओलीलाई भेट्न यी शर्त राखेका माधव नेपालले एक्कासी बोलाए केन्द्रीय कमिटी बैठक, के भने ओलीले ?



काठमाडौं, २० साउन – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बिहीबार केन्द्रीय समिति बैठक बस्ने भएको छ।

वरिष्ठ नेता नेपाल पक्षका एक नेताले काठमाडौंमा बस्ने केन्द्रीय कमिटी बैठकमा देशभरिका केन्द्रीय सदस्यहरू सहभागी हुने जानकारी दिएका छन्।

ती नेताका अनुसार बैठकले भावी रणनीति तय गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला गतिविधिहरूसहित विभिन्न विषयमा धारणा तय गर्ने छ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले नेपाल समूहको केन्द्रीय कमिटी बैठकलाई अनाधिकृत रहेको बताएको छ । साथै ओली पक्षले बैठकको विषयमा ध्यानाकर्षण भएको जानकारी गराएको छ।

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार कुनै बैठक नराखिएको बताएका छन्। तामाङले बैठकबारे कुनै भ्र’ममा नपर्न पनि नेता–कार्यकर्ताहरूलाई विज्ञप्तिमार्फत् अपील गरेका छन्।

यसअघि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओली र वरिष्ठ नेतानेपालबीच मंगलबार ‘वान टु वान’ वार्ता हुने तय भएको थियो।

तर, नेपालले ओलीसँग भेट गर्नकै लागि शर्त अघि सारेका थिए। दुई नेतालाई भेट गराउने तयारी दोस्रो पुस्ताले गरिरहेका बेला नेता नेपालले यस्तो शर्तअघि सारेका हुन्।

वरिष्ठ नेता नेपालले एमाले एकताका लागि संवाद अघि बढाउने भए पहिले ओलीले प्रतिनिधिसभा विघटन गर्ने कदम गलत भएको निचोडसहित ओलीले आत्मआलोचना गर्नुपर्ने शर्त सारेका हुन्।

‘बहुमत प्राप्त सरकार हुँदा–हुँदै संसद विघटन गरेर गलत गरेको कुरामा उहाँले पहिला आत्मालोचना गर्नुपर्‍यो,’ नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘यदि त्यसो भएमा ओलीजीसँग मेरो भेट हुनेछ।’

नेकपा एमालेभित्र २०७७ फागुन २८ पछि विवाद चर्किँदै गएको छ। ओलीले २०७७ पुस ५ र २०७८ जेठ ७ गते दुई पटक प्रतिनिधिसभा विघटन गरिदिएका थिए। दुवै पटक सर्वोच्च अदालतले उनको कदमलाई असंवैधानिक ठहर गरेको थियो।

संसद विघटनदेखि बढेको विवादकै कारण नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेदेखि विश्वासको मत समेत दिएका छन्।

एमालेको दुवै पक्षका दोस्रो तहका नेताहरुको सक्रियतामा दुई नेताको भेटघाट तयारी भएको छ । असार २७ गते कार्यदलले जुटाएको १० बुँदे सहमतिकै आधारमा दुई नेताबीच थप सहमति जुटाउने कोसिसमा नेताहरु लागेका छन्।

एमाले स्रोतका अनुसार दुवै पक्षका कार्यदल संयोजक भीम रावल र सुवास नेम्वाङसहित विष्णु पौडेल र सुरेन्द्र पाण्डेले पनि ओली–नेपाल भेट गराएर सहमतिको बिन्दू पहिल्याउन लागेका हुन्। असार २७ को १० बुँदे सहमतिमै टेकेर दुई नेताबीच सहमतिका लागि दोस्रो तहका नेता जुटेका हुन्।

एमालेलाई एक बनाएर अघि बढाउन ओली–नेपालबीच शक्ति बाँडफाँटमा सहति जुटाउने गरी भेटघाटको तयारी भइरहेको छ। एमाले उपनेता सुवास नेम्वाङले अध्यक्ष ओलीसँग भेट्न वरिष्ठ नेता नेपाल तयार भएको बताएका छन्।

पार्टीलाई फुटबाट जोगाउन दुई नेताहरुबीच मंगलबार छलफल गराउने तयारी दोस्रो पक्षका नेताले गरेका छन्। नेता नेपालले संसद विघटन गर्ने कदमप्रति आत्मालोचना गरेर माफी नै माग्नुपर्ने शर्त तेर्स्याएका हुन्।

अध्यक्ष ओली र नेता नेपालबीच यसअघि होटेल मेरियट र व्यवसायी क्याप्टेन रामेश्वर थापा निवासमा भेट भइसकेको छ। तर, उनीहरुबीच ती भेटमा कुरो मिल्न सकेको थिएन।

एमाले युवा नेताहरू नै एकआपसमा भिडे (भिडियो)

प्रकाशित : २० श्रावण २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल