Logo

राजनीति

‘एसएसबीले तुइनको तार काटिदिएकै कारण जयसिंह महाकालीमा खसे, भारतले माफी माग्नुपर्छ’



काठमाडौं, २० साउन – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलामा तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको दावी गरेका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै माओवादी नेता श्रेष्ठले प्रारम्भिक तथ्यहरूका आधारमा एसएसबीले नै घटना घटाएको निष्कर्षमा पुग्न सकिने बताएका हुन्।

श्रेष्ठले नेपालले अहिले पनि भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम होस् भन्ने चाहेको बताएका छन्। दुई देशबीच रहेका समस्या वार्ता र संवादको माध्यमबाट हल गर्न चाहेको पनि उनले बताएका छन्।

तर राष्ट्रिय स्वाधीनता, सार्वभौमत्तामाथि अतिक्रमण कुनै हालतमा स्वीकार्य नहुने बताउँदै श्रेष्ठले भने, ‘राष्ट्रिय राजनीतिमा केही मतभेद भए पनि राष्ट्रियताको मामिलामा हामी एक छौं। हेपाहा व्यवहार र अतिक्रमण सहने छैन।’

पूर्व परराष्ट्रमन्त्री श्रेष्ठले यो अमानवीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्ने बताएका छन्। ‘भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ,’ श्रेष्ठले भने।

श्रेष्ठले घटनामा संलग्न दोषीहरूलाई तत्काल कारबाही गर्नुका साथै हेपाहा प्रवृत्ति नदोहोर्‍याउनु पर्ने बताएका छन्। छानवीन समिति बनाएर परिपक्व कूटनीतिद्वारा सम्वाद गर्ने र आवश्यक पर्दा अडान लिने सरकारको बाटो ठीकै भएको उनले बताए।

तर, प्रतिवेदन ल्याउन ढिला गर्न नहुने बताउँदै श्रेष्ठले भने, ‘प्रतिवेदन छिटो ल्याएर भारत सरकारसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने, दोषीमाथि कारबाहीको माग गर्ने र पीडित परिवारलाई राहतका लागि तत्काल कदम चालोस्।’

एमाले युवा नेताहरू नै एकआपसमा भिडे ((भिडियो))

प्रकाशित : २० श्रावण २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल