Logo

पत्र-पत्रिका

केपी ओलीले गरेका जनविरोधी कामहरू यो सरकारले खारेज गर्नुपर्छ : रामकुमारी झाँक्री



काठमाडौं – नेकपा एमाले प्रभावशाली युवा नेतृ एवं सांसद् रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका जनविरोधी कामहरूलाई खारेज गर्न माग गरेकी छिन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद् झाँक्रीले पूर्ववर्ती सरकारले गरेका जनविरोधी कामहरूलाई खारेज गर्ने जिम्मेवारी पनि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई रहेको बताएकी हुन्।

‘यसको एउटा राम्रो उदाहरण हो, झापाको गिरीबन्धु चिया बगानको जुन हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्ने अघिल्लो सरकारको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधिमण्डल पनि आएको छ, यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ झाँक्रीले भनिन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने दायित्व मात्र बोकेर नपुग्ने बताउँदै झाँक्रीले अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार गर्नुपर्ने बताएकी छिन्।

झाँक्रीले एमाले अध्यक्ष ओलीतर्फ इंगित गर्दै अघिल्लो सरकारले तुइन एरा सिद्धियो भनेर गफ दिएको भए पनि दार्चुलामा तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको उल्लेख गरिन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १९ श्रावण २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल