Logo

राजनीति

महेश बस्नेतको आक्रोश, ‘एसएसबीले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे सरकार भन्छ मौन बस’



  • …नत्र जनादेशबिनाको सरकार चल्लाजस्तो देखिएन। जनता भन्दैछन् केपी बा आई लभ यू।

काठमाडौं – नेकपा एमालेका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले प्रतिनिधि सभा बैठकमा सरकारको चर्को आलोचना गरेका छन्। मंगलबार बैठकमा बस्दै नेता बस्नेतले भारतीय एसएसबीले तुइन काटेर जयसिंह धामी महाकालीमा बग्दा सरकारले मौन बस भनेको बताएका छन्।

‘एसएसबीले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे सरकार भन्छ मौन बस समाचार नबनाउ,’ उनले भने, ‘प्रधानमन्त्री ज्यू भन्नुहुन्छ घरघरमा खोप, मेयरको घरमा खोप, होटलमा खोप, सत्तापक्षका कार्यकर्ताको घरमा खोप जनता दिनभरी लाइनमा खोप न सोप।’

त्यस्तै उनले सरकारले व्यापारीलाई मन्त्री बनाएको, दक्ष सचिव फेरेको, माफियालाई संरक्षण गरेको आरोप पनि लगाएका छन्। पीडित जनताले राहत नपाएको जानकारी दिँदै उनले जनादेश बिनाको सरकार चल्लाजस्तो नदेखिएको बताए।

‘परमादेशबाट सरकार गठन भएको तीन हप्ता भएछ न्यूनतम साझा कार्यक्रम आएन। प्रधानमन्त्री अब बेरोजगार भएका त्रिपाठीहरुलाई अदालत पठाउनु, फलाना पार्टीका फलाना सांसदलाई मन्त्री बनाइ पाउँ भनी परमादेश जारी गराउनुस्, नत्र जनादेशबिनाको सरकार चल्लाजस्तो देखिएन। जनता भन्दैछन् केपी बा आई लभ यु।’

सम्माननीय सभामुख महोदय

एसएसबीले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे सरकार भन्छ मौन बस समाचार नबनाउ प्रधानमन्त्री ज्यू भन्नुहुन्छ घरघरमा खोप, मेयरको घरमा खोप, होटलमा खोप, सत्तापक्षका कार्यकर्ताको घरमा खोप जनता दिनभरी लाइनमा खोप न सोप विचरा सरकार व्यापारी मन्त्री बनाउँछ। दक्ष सचिव फेर्छ, वीर हस्पिटलको एमडी फेर्छ, भ्रष्ट माफियालाई संरक्षण गर्छ पीडित जनता राहत पाइन भनेर कराउँछन् कांग्रेसका विपक्षीहरु मन्त्री नपाए सरकारमा जान्न भन्दछन्। कांग्रेसका वडाध्यक्षहरु नगरपालिकाको कार्यालय फोड्दैछन्।

माओवादी जसपा भन्दैछ, मन्त्री संख्या नबढाए सांसद आत्महत्या गर्ने भए। दिमागमा आतंक ल्याए, भूकम्प ल्याए। परमादेशबाट सरकार गठन भएको तीन हप्ता भएछ न्यूनतम साझा कार्यक्रम आएन। प्रधानमन्त्री अब बेरोजगार भएका त्रिपाठीहरुलाई अदालत पठाउनु, फलाना पार्टीका फलाना सांसदलाई मन्त्री बनाइ पाउँ भनी परमादेश जारी गराउनुस् नत्र जनादेशबिनाको सरकार चल्लाजस्तो देखिएन। जनता भन्दैछन् केपी बा आई लभ यू।

शेरबहादुर देउवालाई उहिले श्री ५ ले प्रधानमन्त्री नियुक्त गरे, अहिले श्रीमान् ५ ले : प्रदीप ज्ञवाली

प्रकाशित : १९ श्रावण २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल