Logo

खेलकुद

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दै पारस खड्काले लेखे खेल जीवनबारे भावुक स्टाटस



काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा सर्वाधित लोकप्रिय खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी गराएका हुन्। खड्काले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन्।

‘२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु,’ उनले लेखेका छन्।

पारसले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुंगिए पनि नेपाली क्रिकेटका लागि आफ्नो सपना अझै पनि बामे सर्दै गरेको उल्लेख गरेका छन्।

पारसले सन् २००२ देखि क्रिकेट यात्राको शुरुआत गरेका गरेका थिए। यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनी सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरे।

खड्काले राष्ट्रिय टिमको क्याप्टेनबाट १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए। उनकै कप्तानीमा नेपाली क्रिकेटको उल्लेख्य प्रगति भएको थियो।

‘क्रिकेटरका रुपमा मैले आफ्नो मन बचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ, मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो, तर यसका लागि सम्पूर्ण क्रिकेट जगत र सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यक छ,’ पारसले लेखेका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १९ श्रावण २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल