Logo

राजनीति

प्रधानमन्त्री देउवा, प्रचण्ड र उपेन्द्र यादव छलफलमा जुटे, किन गएनन् माधव नेपाल ?



काठमाडौं, १८ साउन – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक बालुवाटारमा शुरु भएको छ। मन्त्रिपरिषद विस्तारबारे छलफल गर्नका लागि तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल शुरु भएको हो।

छलफलमा मन्त्रिपरिषद विस्तार र दलहरूबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने प्रधानमन्त्री देउवा निकट स्रोतले जानकारी गराएको छ।

यसअघि, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि समेटेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका थिए प्रधानमन्त्री देउवा। तर, नेपाल पक्षले नेकपा एमालेको एकताको प्रयासका लागि अहिले सरकारमा नजाने बताएको छ।

यससँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री थप्ने तयारीमा देउवा रहेका छन्। सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले पनि सरकारमा नजाने बताइसकेको छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १८ श्रावण २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल