Logo

राजनीति

‘पहिले दल दर्ता, अनि मात्रै केपी ओलीसँग वार्ता, दोस्रो तहका नेताहरू ओलीको पाउमा लम्पसार परे’



काठमाडौं – प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब एमाले एकताका लागि वार्ता दुई फरक दलका रुपमा मात्र हुने बताएका छन्।

चन्द्रागिरी हिल्स रिसोर्टमा आफू निकट केन्द्रीय सदस्य र सांसदहरूको बैठकलाई सम्बोधन गर्दै नेपालले अब निर्वाचन आयोगमा दल दर्तापछि मात्रै वार्ता हुने प्रष्ट पारेका हुन्।

एमाले अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका अध्यक्ष नेपालले अब एमाले फर्किने सम्भावना नरहेको बताए। ओलीले कुनै पनि विश्वास गर्न सक्ने आधार नजोगाएको नेपालको धारणा थियो।

‘अब सबैभन्दा पनि नेकपा एकीकृत समाजवादी दर्ता अनि मात्रै एमालेसँग वार्ता, अब एकता भयो भने भोलि कुनै विन्दूमा दुई पार्टीबीच हुन्छ, तर एमाले एकताको च्याप्टर क्लोज भयो,’ नेपालको भनाई थियो।

नेपालले १० बुँदे सहमति जालझेलमात्र भएको दावी गर्दै नेपालले दोस्रो तहका नेताहरु ओलीको पाउमा लम्पसार परेको टिप्पणी गरे। भीम रावल, घनश्याम भुसाल लगायतका दोस्रो तहले हिजो आफूलाई साथ दिएका नेताहरू पनि दल दर्तामा संख्या पुग्न नदिन सक्रिय रहेको नेपालको भनाइ थियो।

नेपालले दश बुँदे कार्यन्वयन गर्ने कुरा नेकपा एकीकृत समाजवादी दर्ता हुन नदिने अन्तिम अस्त्र भएको धारणा नेपालले राखे। त्यस्ता जालझेलमा नपर्ने र ठूलो पार्टी बनाउने नेपालले बताए। अब वार्ता भए पनि दल दर्ता भएपछि मात्रै सम्भव हुने उनको भनाई छ।

नेपाल समूहको बैठकमा एमालेका ६० जना केन्द्रीय सदस्य र २६ जना सांसद सहभागी भएको बताइएको छ। पार्टीको विधानलगायतका विषयमा छलफल गरेर निर्वाचन आयोगमा सनाखतका लागि जाने बेलासम्म नेताहरुलाई रिसोर्टमा राखिनेछ।

नेता नेपालसहितका अधिकाशं सांसद र केन्द्रीय सदस्य आजै चन्द्रागिरी पुगेका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ७ भाद्र २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल