Logo

राजनीति

‘अर्को पार्टी बनाउन साथ दिन सक्दिनँ’



काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताका विषयमा अहिले पनि नेताहरूबीच छलफल जारी छ। जसपाको आधिकारिकता विवादमा सुनुवाइ गरिरहेको निर्वाचन आयोगले ११ साउनमा ५१ सदस्यीय कार्यकारिणी सदस्यहरूलाई सनाखतका लागि बोलाएको थियो। त्यसअघि ठाकुर र उपेन्द्र यादव पक्षले शनिबार छुट्टा–छुट्टै बैठक राखेको थियो।

यसैबीच, जसपा नेता राजकिशोर यादवले अध्यक्ष महन्थ ठाकुरलाई नयाँ पार्टी बनाउन खोजे आफूले साथ दिन नसक्ने बताएका छन्। सांसद तथा कार्यकारिणी समितिका सदस्य यादव दुवै पक्षको बैठकमा सहभागी भए। अध्यक्ष उपेन्द्र यादवले बोलाएर बालकुमारी पुगेका उनले कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राखेका थिए।

वैशाख ३० गते यता महन्थ ठाकुर पक्षले बोलाएको बैठकमा नगएको र अहिले पनि पार्टी एकताको पक्षमा रहेको यादवले बताएका छन्। ठाकुर पक्षको शनिबारको बैठकमा जाने र जसपाको पक्षमा उभिने धारणा राखेको बताएको एक नेताले जानकारी दिएका हुन्।

ठाकुर पक्षको बैठकमा अध्यक्ष यादव पनि सहभागी भए। उनले अध्यक्ष ठाकुरलाई आफू एकताको पक्षमा रहेको र नयाँ पार्टी गठन गर्न खोजे साथ दिन नसक्ने बताएका हुन्।

जवाफमा ठाकुरले भने, ‘आफूहरूले पनि फुट नचाहेको, तर अहिले एकताको वातावरण छैन।’ जसपा संसदीय दल र कार्यकारिणी समिति दुवैमा यादव पक्षको बहुमत छ।

यादव पक्षको शनिबारको बैठकमा राजकिशोर बाहेक ३२ जना उपस्थित थिए। यही अवस्था कायम रहेमा यादव पक्षले आधिकारिकता पाउनेछ।

कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउन नसके ठाकुर पक्ष थप सं’कट’मा पर्नेछ। नयाँ दल दर्ता गरेमा यो पक्षका सांसदहरूको पद जानेछ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १० श्रावण २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल