Logo

राजनीति

सरकारलाई सघाउन सत्ता गठबन्धको कार्यदल गठन, पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा यी हुन् सदस्य



काठमाडौं– लामो समयदेखि सहकार्य गरिरहेका सत्तारुढ गठबन्धनले सरकारलाई सघाउन कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले कार्यदल गठन गरिएको हो।

कार्यदलले सरकारलाई मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारको काम कार’वाहीका लागि साझा नीति तथा कार्यक्रम बनाउन सघाउने बताइएको छ।

कार्यदलको नेतृत्व नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका छन्। खड्का नेतृथ्वको कार्यदलमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन्।

नेकपा एमाले माधवकुमार नेपाल पक्षका नेताहरुलाई पनि कार्यदलमा समेटिने बताइएको छ। असार २९ गते प्रधानमन्त्री नियुक्त देउवाले साउन ३ गते संसदबाट विश्वा’सको मत समेत पाइसकेका छन्। उक्त सरकारलाई प्रभावकारी र सफल बनाउन थप सहज होस भनेर कार्यदल गठन गरिएको नेताहरुले बताएका छन्।

रमेश खरेलको राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : ८ श्रावण २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल