Logo

मनोरञ्जन

चर्चित अभिनेत्री सुरेखा सिकरीको निधन



चर्चित शो बालिका बधु अभिनेत्री सुरेखा सिकरीको निधन भएको छ। ७५ वर्षकी सुरेखाको शुक्रबार बिहान हृदयाघातका कारण निधन भएको हो।

उनी लामो समयदेखि बिरामी थिइन्। उनले २०२० मा दोस्रो पटक ब्रेन स्ट्रोक झेलेकी थिइन् । त्यसयता उनी लगातार बिरामी थिइन्। २०१८ मा उनलाई प्यारालाइटिक स्टेक भएको थियो।

सुरेखाले तीन पटक राष्ट्रिय पुरस्कार जितेकी थिइन् । सामाजिक संजालमा बलिउड कलाकार, टेलिभिजन कलाकार र फ्यानहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सुरेखाले थिएटर, टेलिभिजन र फिल्ममा पनि काम गरेकी थिइन्। १९७८ मा फिल्म किस्सा कुर्सी का बाट सुरेखाले अभिनयमा डेब्यू गरेकी थिइन्।

उनलाई तीन पटक सर्वोत्कृष्ट सहअभिनेत्रीको राष्ट्रिय पुरस्कार दिइएको थियो। यो अवार्ड फिल्म तमस (१९८८), मम्मो (१९९५) र बधाइ हो (२०१८) का लागि यो पुरस्कार दिइएको थियो। यसबाहेक उनले १ फिल्फेयर अवार्ड, १ स्क्रिन अवार्ड र ६ इण्डियन टेलिभिजन एकेडेमी अवार्ड जितेकी छिन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : १ श्रावण २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल