Logo

राजनीति

पदभार ग्रहण गरेलगत्तै अर्थमन्त्री शर्माले दिए यस्तो सन्देश



काठमाडौं – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्। बुधबार बिहान अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले आफूले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन्।

‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ,’ कर्मचारीलाई सम्बोधन गर्दै उनले भने। आफू अर्थमन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिने लगायतका कारण रहेको उनले बताएका छन्।

व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा महल्म लगाउने र कोभिड १९ को महामारीबाट अर्थतन्त्रलाई माथि उठाउन आफुले भूमिका खेल्ने मन्त्री शर्माले जानकारी दिएका छन्।मन्त्रालयबाट भइरहेको कामदाई आफुले निरन्तर अनुगमन, निर्देशन र सहयोग गर्ने भन्दै उनले कर्मचारीबाट समेत यस्तो सहयोगको अपेक्षा गरे।

उनले निष्ठा, इमानदारी र पारदर्शीतालाई भने नभूल्न समेत सचेत गराए। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि देउवा प्रधानमन्त्री बनेका थिए। देउवाले शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ३० असार २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल