Logo

राजनीति

प्रचण्ड र विप्लवबीच झण्डै ६ वर्षपछि भेट, यी विषयमा भयो संवाद



काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुनै समयका सहकर्मी तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले खुमलटारमै पुगेर भेटेका छन्।

अध्यक्ष प्रचण्डलाई भेट्न नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई लिएर विप्लवले प्रचण्ड निवास खुमलटार पुगेका हुन्। विप्लवले नयाँ पार्टी बनाएपछि पहिलोपटक भेट भएको दावी विप्लवका नेताहरूले गरेका छन्।

वि.सं.२०७१ मंसिर ८ गते विप्लवले नयाँ पार्टी गठन गरेका हुन्। वि.सं. २०७७ फागुन २१ गते विप्लव समूह र सरकारबीच तीनबुँदे सहमति भएको थियो।

त्यसपछि दुई पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए विप्लवले। अरु नेताहरूलाई भेटेका थिएनन्। प्रचण्डले माओवादी जनयु’द्धमा एकसाथ लडेको सम्झना गरे। साथै सरकारसँगको सहमति कार्यान्वयन र अब कसरी जाने भन्ने विषयमा पनि प्रचण्ड र विप्लवबीच कुराकानी भएको छ।

प्रचण्ड र विप्लवबीच पछिल्लो राजनीतिबारे छलफल भएको छ। बृहत कम्युनिस्ट एकता पक्षमा पनि कुराकानी भएको विप्लव निकट स्रोतले जानकारी दिएको छ। विप्लवले प्रचण्डपत्नी सीता दाहाललाई भेटेका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ३० असार २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल