Logo

स्वास्थ्य

महिलाहरूमा किन आउछ यौन चाहनामा कमी ? यस्ता छन् कारण



काठमाडौं, २७ असार – महिलाहरूमा शारीरिक सम्बन्ध गर्ने चाहना पुरुषको तुलनामा कम भएको पाइन्छ। अक्सर के देखिन्छ भने यौन सम्बन्धका लागि पुरुष नै सधैं तत्पर हुनुपर्छ। अर्थात् युवकको इच्छाअनुसार नै महिलाहरू यौन सम्बन्धका लागि तयार हुन्छन्।

यौन सम्बन्धमा महिला अग्रसर हुँदैनन्। दम्पत्तिबीच हुने यौन सम्बन्धमा श्रीमान्‌को इच्छा बढी हुने गर्छ। श्रीमतीहरू यौन सम्बन्धका लागि इच्छा देखाउँदैनन्। कतिपय अवस्थामा त उनीहरू आफ्ना पार्टनरकै लागि मात्र यौन सम्बन्धका लागि तयार भएको जस्तो पनि देखिन्छ। श्रीमती आफै अग्रसर हुने, आफ्नै इच्छाअनुसार यौन सम्बन्धका क्रममा आसन बदल्ने, आफ्नो सन्तुष्टिलाई बढी ध्यान दिने गरेको पाइँदैन।

उनीहरू पुरुषको सन्तुष्टिका लागि आफूलाई समर्पण गरिरहेका हुन्छन्। भलै त्यसबाट उनीहरूले पनि आनन्द लिन सक्छन्। यौन सम्बन्धका बेला पनि केटाहरू जति सक्रिय हुन्छन्, महिलाहरु त्यति हुँदैनन्। धेरैजसो महिला निष्कृय जस्तै हुने गर्छन्। के उनीहरूमा यौन सम्बन्ध राख्ने चाहना कम भएको हो?

दम्पत्तिबीच नियमित यौन सम्बन्ध आवश्यक हुन्छ। यसले उनीहरूको भावनात्मक सम्बन्धलाई थप कसिलो र रसिलो बनाउँछ। तर, यौन सम्बन्धको प्रसंगमा महिलाहरू उति खुल्दैनन्। उति सक्रिय हुँदैनन्। उति अग्रसर हुँदैनन्। एक अध्ययनमा भनिएको छ, ‘पुरुषको तुलनामा महिलाहरू यौन सम्बन्ध बनाउने कुराले उदास रहन्छन्।’

त्यसमा अनेक कारण हुनसक्छ। उनीहरूको शारीरिक एवं प्रजनन समस्या, मानसिक अवस्था, उमेर र परिस्थिति।

महिलामा यौन सम्बन्ध इच्छा त्यसकारण पनि कम हुँदै जान्छ। कि, जब उनीहरुको सम्बन्धमा चिसोपन आउन थाल्छ। दम्पत्तिबीचको सम्बन्ध सुमधुर छैन। प्रेमिल छैन, झैझगडा, मनमुटाव, भनाभन भइरहन्छ भने त्यसले महिलाको यौन जीवनमा सोझो प्रभाव पार्छ। आफ्ना पार्टनरसँग उनीहरू भावनात्मक रुपले जति टाढिँदै जान्छन्, महिलाको सेक्स गर्ने इच्छामा पनि कमी आउन थाल्छ।

यसका साथै पार्टनरको सेक्स समस्या, भावनात्मक सन्तुष्टि नमिल्नु र बच्चाको जन्म पनि यसको कारण हुनसक्छ। त्यस्तै, अक्सर हामीकहाँ महिलाहरू घर धन्दाको काममा बढी व्यस्त हुन्छन्। विवाह गरेपछि उनीहरुलाई घर परिवार सम्हाल्ने अभिभारा दिइन्छ। खाना पकाउने, खुवाउने, नानी स्याहार्ने, लुगाफाटो धुने, घर सफा गर्ने, किनमेल गर्ने जस्ता अनगिन्ती कामको भार उनीहरूको काँधमा थमाइन्छ।

उनीहरु दिनभरको कामले थकित हुन्छन्। राति शरीरले आराम माग्छ। अन्य समय पार्टनरसँग अन्तरंग पल बिताउने फुर्सद र अनुकूलता हुँदैन। यसले गर्दा पनि महिलामा यौन सम्बन्धको चाहना कम हुन्छ।

कहिलेकाही घरायसी माहोलले गर्दा पनि महिलाहरू यौन सम्बन्धका लगि तयार हुँदैनन्। घरमा सासुससुरा, देवरदेवरानी, छोराछोरी हुन्छन्। उनीहरूको आँखा छलेर अन्तरंग पल साट्ने अनुकूलता मिल्दैन। अझ बालबच्चा भइसकेको अवस्थामा त महिलाहरुको भूमिका थप बढ्न थाल्छ। बालबच्चा हुर्काउने, स्याहार्ने कुरामा उनीहरू केन्द्रित हुन्छन्। राति छोराछोरी स्याहार्नुपर्ने, सुताउनु पर्नेजस्ता अतिरि’क्त जिम्मेवारी आइलाग्छ।

महिलाहरूको प्रजनन अंग निकै संवेदनशिल हुन्छ। मासिक श्राव, गर्भाधान, प्रसूती जस्ता अनेक चरणबाट उनीहरु गुज्रिनुपर्ने हुन्छ। यस क्रममा उनीहरूको प्रजनन अंगमा कतिपय संक्रमण हुनसक्छ। कतिपय समस्या आउन सक्छ। यसरी प्रजनन अंगमा देखापर्ने समस्याले पनि उनीहरूको सेक्स गर्ने रुचीमा प्रभाव गर्छ।

महिलामा टेस्टोरनको स्तर २० वर्षको अवस्थामा बढी हुन्छ। र त्यसपछि क्रमशः कम हुँदै जान्छ। यसले गर्दा पनि महिलामा सेक्स चाहना कम हुन्छ। महिलाको सेक्स जीवनमा प्रभाव पार्ने अर्को तत्व हो, गर्भनिरोधक चक्की। अनिच्छित गर्भ रोक्नका लागि सेवन गरिने यस्ता चक्कीले उनीहरूमा यौन सम्बन्धप्रतिको रुची कम गराउँछ।

भारतले नेपालमाथि गर्दैछ ठूलै खेल, राष्ट्रियसभामै भयो खुलासा (भिडियो)

प्रकाशित : २८ असार २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल