Logo

राजनीति

‘वी वान्ट इलेक्सन’ भन्दै सडकमा उत्रियो अनेरास्ववियू, के भने विद्यार्थी नेताहरूले?



काठमाडौं – राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै सत्तारुढ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ।

अनेरास्ववियूले शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो।

एमाले युवा नेतृ तथा अनेरास्ववियूकी उपाध्यक्ष सुनिता बरालका अनुसार निर्वाचनका पक्षमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। संवैधानिक सर्वोच्चता, दलिय व्यवस्थाको सुनिश्चितता, लोकतन्त्रको रक्षा, निर्वाचनको वातावरण नबिथोल्न तथा निर्दलीयताको वकालत गरिरहेका दलहरूवि’रुद्ध खबर’दारी गर्नका लागि प्रदर्शनको आयोजना गरिएको युवा नेतृ बरालले बताइन्।

त्यसैगरी, अनेरास्ववियूका अध्यक्ष ऐन महरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सम्मिलित गठबन्धनलाई निर्दलीय गठबन्धन भएको बताएका छन्।

‘राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नाराका साथ अनेरास्ववियू सडकमा उत्रिएको महरले बताए।

विद्यार्थीहरूले ‘वी वान्ट इलेक्सन’ भन्दै नारा लगाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने अनेरास्ववियूको उक्त समूहको प्रदर्शन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरू उपस्थित थिएनन्।

बिडारीको कमेडी र अर्थमन्त्रीको रोचक जवाफ

प्रकाशित : २५ असार २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल