Logo

समाचार

फेसबुकमा परिचय भएको व्यक्तिले कम्बोडिया पठाएर यस्तो काममा लगाएपछि…



काठमाडौं – नेपाली महिलालाई भारत हुँदै कम्बोडिया लगि बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले धनकुटा शहीदभूमि गाउँपालिका–२ बस्ने ३७ वर्षीय किसान राईलाई पक्राउ गरेको छ।

राईले पीडितसँग फेसबुकबाट चिनजान गरी कन्स्ट्रक्सन तथा व्यापारको काममा ग्यारेन्टी रोजगार हुनेगरी चार लाख ५० हजार रुपैयाँ भिषा खर्चमा कम्बोडिया पठाइदिन्छु भनेको पीडितको गुनासो छ।

खाने बस्ने खर्च बाहेक नगद १ लाख रुपैयाँ मासिक कमाई हुन्छ भन्दै प्रलोभनमा पारी पीडितसँग नगद ४ लाख ५० हजार रुपैयाँ लिई भारत, म्यानमार, थाइल्याण्ड हुँदै कम्बोडिया लगेर चिनियाँ नागरिकहरू बस्ने गरेको घरमा खाना बनाउने र घर सफा गर्ने भनी लगेरको पनि पीडितको बयानमा उल्लेख छ।

तर, झुक्याएर यौनदाशीको रुपमा काम गर्ने गरी पीडितलाई बेचबिखन गरेको भन्ने जाहेरीका आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको टोलीले खोजी तथा अनुसन्धान गर्ने क्रममा उनकै घर ठेगानाबाट पक्राउ गरेको हो।

साथै अभियुक्त राई समेतले अन्य ४५ जना नेपाली महिला तथा पुरुषलाई विभिन्न बाटो हुँदै अवैध रुपमा कम्बोडिया लगि अलपत्र पारेको सम्बन्धमा वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा समेत मुद्दा दर्ता भएको खुलेको छ।

राईमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जानकारी दिएको छ।

पोखरा – होटलमा जागिर लगाइदिने लोभ देखाएर यौ’नज’न्य काममा संलग्न गराउने दुई जना पक्रा’उ परेका छन्। मान’व बेच’बि’खन तथा ओसारप’सारमा संलग्न रहेको अभि’योगमा २ जनालाई मंगलबार प्रहरीले प’क्रा’उ गरेकोहो।

प्रहरीले पोखरा महानगरपालिका–१० रामबजारमा होटल सञ्चालन गरी बस्ने ५३ वर्षीया गौमती गुरुङ र कास्की रुपा गाउँपालिका–१० हंसपुर घर भएकी ४० वर्षीया आइतीमाया गुरुङलाई प’क्राउ गरेको हो।

उनीहरूले पीडितलाई विभिन्न प्रलो’भनमा पारी सोही महानगरपालिका–१० रामबजारस्थित एक होटलमा राम्रो काममा लगाईदिन्छु भन्दै खाजा नास्ता वितरणको काममा लगाएकोमा एक दुई दिनपछि नै खाजा घरमा आउने व्यक्तिहरूसँग खाजाघर सञ्चालकले पैसा लिई ड’रधा’क ध’म्की देखाई जब’रज’स्ती शारी’रिक सम्पर्क गर्न लगाई यौ’न शो’ष’ण गराएको भन्ने उ’जु’रीको आधारमा जिल्ला प्रहरी कार्यलाय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरूलाई प’क्रा’उ गरेको हो।

उनीहरूमाथि मान’व वे’चबिख’न तथा ओ’सारप’सार सम्बन्धी क’सु’र अन्तर्गत ५ दिन म्याद थप गरी आवश्यक अनु’स’न्धान भइहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रकाशित : २४ असार २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल