Logo

राजनीति

दुर्भाग्य! संविधान पुस्तिकामै चुच्चे नक्सा छैन: डा. खिमलाल देवकोटा



काठमाडौं – राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले केपी शर्मा ओली नेतृत्वको सरकारले पुरानै नक्सा प्रचलनमा कायमै राखेको बताउँदै विरोध जनाएका छन्।

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकमा पहिलोपटक सम्बोधन गरेका देवकोटाले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्साको प्रयोगमा जोड दिएका हुन्।

राष्ट्रियसभा अध्यक्षले आफूलाई शपथ खुवाएर सांसद पदको लोगो लगाइदिनुका साथै संविधानको पुस्तिका, प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली, डायरी भएको झोला दिएको देवकोटाले बताए। ‘दुर्भाग्य! यहाँले मलाई दिनुभएको संविधानको पुस्तिकामा, डायरीमा र प्रतिनिधिसभाको नियमावलीमा पुरानै नक्सा छ,’ उनले भने।

सरकारका अंगहरुलाई नयाँ नक्सा प्रयोग गर भनेर निर्देशन दिने निकायले यसरी पुरानै नक्सा अंकित दस्तावेजहरू प्रयोग गर्न मिल्ला र भनेर प्रश्न पनि गरे।

आफूलाई दिएको डायरीमा त प्रदेशहरूको नाम समेत अंकमा रहेको बताउँदै देवकोटाले संसदको वेबपेजमा पनि पुरानै नक्सा अंकित संविधानको दस्तावेज रहेको र सरकारी वेबसाइटमा पनि त्यस्तै भएको उल्लेख गरे।

‘मैले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय लगायत अधिकांश मन्त्रालयका वेबपेजहरुमा संविधानको दस्तावेज देखिन, भएको पनि त्यही पुरानो नक्सा भएको छ, यो त हाम्रो संविधानप्रति भद्दा मजाक होइन र?,’ उनको प्रश्न छ।

देवकोटाले प्रदेश र स्थानीय तहमा कर्मचारीको ठूलो समस्या रहेको, २ सय ३ वटा स्थानीय तह निमित्तको भरमा चलिरहेको र अधिकांश वडामा वडासचिव नभएको बताउँदै कर्मचारी समायोजनमा प्रदेश र स्थानीय तहलाई अवमूल्यन हुने गरी गरिएको उल्लेख गरेका छन्।

प्रकाशित : २१ असार २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल