Logo

समाचार

नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई किन दियो हतियार तथा एम्युनिशन हस्तान्तरण ? (फोटोफिचार)



काठमाडौं, २१ असार – प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई जंगी अड्‍डामा विभिन्न किसिमका ३ सय नाल हतियार तथा सोको ४२ हजार ३ सय ७० गोटा एम्युनिशन र सम्बद्ध सामग्रीहरू हस्तान्तरण गरेका छन्।

सोमबार आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनाले कुनै पनि मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेशिनगनहरू गरी जम्मा १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलब्ध गराएको हो।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०७८ जेठ १७ गतेको निर्णयबमोजिम तीन चरणमा उपलब्ध गराउने योजना अनुसार पहिलो चरणमा ३ सय नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरिएको हो। नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू सञ्चालन गर्ने प्रयोजनका लागि हतियार उपलब्ध गराउन नेपाल सरकारबाट उक्त निर्णय भएको हो।

उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलब्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने उक्त अवसरमा जानकारी दिइयो। उपलब्ध गराइएका हतियारहरूको मर्मत सम्भार तथा अपरेसन तालिम समेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको छ।

उक्त अवसरमा नेपाली सेनाको तर्फबाट हतियार तथा उपकरण महाशाखा प्रमुख महासेनानी राजेन्द्रमणि गिरी र नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभागका प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाबीच नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण सम्बन्धी सम्झौता पत्र आदान प्रदान भएको थियो।

कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए।

जंगी अड्डा, व्यवस्था नीति तथा योजना महानिर्देशक उपरथी अनन्त कार्कीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्मा, रथीवृन्द तथा प्रहरी अतिरिक्त महानिरीक्षकहरूको समेत उपस्थिति रहेको थियो।

सुजाता कोइरालाले गरिन् त्यो सेक्रेटको खुलासा

प्रकाशित : २१ असार २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल