Logo

राजनीति

सर्वोच्चको फैसला आउदा ज–जसको हस्ताक्षर कायम रहन्छ, ती एमाले कार्यकर्ता होइनन्: केपी ओली



काठमाडौं, १९ असार – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका सांसदहरू पार्टीमा नरहने प्रष्ट पारेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले फैसला आउँदा कित्ता छुट्टिसक्ने बताएका हुन्।

‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमालेको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज–जसको कायम रहन्छ, ती पार्टी कार्यकर्ता होइनन्,’ ओलीले भने।

एमाले पार्टीको सरकार र पार्टीको पक्षमा बोल्ने मात्रै नेता–कार्यकर्ता रहने ओलीको भनाई छ। ‘जो पार्टीको पक्षमा बोलिरहेको छ, त्यो नेता कार्यकर्ता हो, जो पार्टीको पक्षमा बोलिरहेको छैन, काम गरिरहेको छैन, त्यो नेता कार्यकर्ता होइन, पार्टीको वि’रोधमा बोलेर पनि नेता कार्यकर्ता हुन्छ?,’ ओलीको प्रश्न छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा बुझाएकाे १ सय ४६ जनाकाे हस्ताक्षरमध्ये २३ जना एमालेका सांसद पनि छन्।

यसैबीच, नेकपा एमालेले साउनमा विधान सम्मेलन गर्ने निर्णय गरेको छ। साथै महाधिवेशनका लागि नयाँ मितिको खोजीमा एमाले जुटेको छ।

अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरूको उपस्थितिमा जारी केन्द्रीय कमिटी बैठकमा साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो। बैठकलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिस्कार गरेको छ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र विभागहरूलाई पूर्णता दिने निर्णय पनि बैठकले गरेको छ। महासचिव ईश्वर पोखरेलले दशौं महाधिवेशन आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेश गरेका हुन्। यसअघि ओली समूहको बैठकले दशौं राष्ट्रिय महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाल पक्ष उपस्थित नभए पनि उपाध्यक्ष बामदेव गौतमसहित पूर्वमाओवादी नेताहरू उपस्थित छन्।

‘हस्ताक्षर फिता हुन्न’ भन्ने माधव नेपालको जवाफपछि ओलीले के भने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार दिउसो कुराकानी भएको छ। एमाले उपमहासचिव घनश्याम भुसालका पहलमा ओली र नेपालबीच कुराकानी भएका हो।

वरिष्ठ नेता नेपाल निकट स्रोतका अनुसार टेलिफोन वार्तामा वरिष्ठ नेता नेपालले अदालतमा सर्वोच्च अदालतमा विचाराधीन संसद् विघटनसम्बन्धी मु’द्दाका लागि गरिएको हस्ताक्षर फिर्ता नहुने अडान लिएका छन्।

नेपालले बालुवाटारमा ओली समूहको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेका छन्। आवश्यक सल्लाह र परामर्शबिना राखिएको बैठक रोकेर संवाद थाल्न नेपालले सुझाव दिएका छन्।

साथै कार्यदलमार्फत् सबै विवादको निकास निकाल्न पनि आग्रह गरेका छन्। बालुवाटार स्रोतका अनुसार शुक्रबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकका विषयमा दुई नेताबीच कुराकानी भएको छ। वरिष्ठ नेता नेपालले बिहीबार भएको कुराकानीमा ओलीलाई शुक्रबार आह्वान गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरी संवाद गर्न आग्रह गरेका थिए। तर, ओलीले बैठकमै आएर कुरा राख्न भएका थिए।

स्रोतका अनुसार होटल समीटम एमालेका दोस्रो तहका नेताको छलफलपछि नेपाल निवास कोटेश्वर पुगेका उपमहासचिव घनश्याम भुसालले दुई नेतालाई फोनमा कुरा गराएका हुन्।

यसअघि, अध्यक्ष ओलीले आफूले माधव नेपाललाई फोन गर्दा पनि बेवास्ता गरेको गुनासो गरेका थिए। पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ओलीले बिहीबार आफूले नेपाललाई फोन गरेको जानकारी दिएका हुन्।

दुईतिहाइ मास्न को–को लागे ? प्रा.डा. सुरेन्द्र केसीको अन्तरवार्ता

प्रकाशित : १९ असार २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल