Logo

समाचार

आफ्नो डाक्टर आफै कसरी बन्ने ? अपनाउनुस् यी १० तरिका, जसका छन् फाइदै–फाइदा



काठमाडौं – हामी आफै आफ्नो डाक्टर कसरी बन्न सक्छौं? यो प्रश्न जोसुकैलाई पनि आउन सक्छ। तर, कसरी स्वदेश नेपालले विभिन्न चिकित्सकको सल्लाहलाई यहाँ प्रस्तुत गरेर तपाईलाई आफै डाक्टर अर्थात् आफ्नो स्वास्थ्यको हेरचाह आफै गर्न सक्ने टिप्स प्रस्तुत गरेको छ। मानिसहरू किन चाहन्छ र हजारौं पैसा खर्च गरेर अरुसँग सेवा लिउ भन्ने। यदि हामी आफैले चाहने हो भने हामी हाम्रो स्वास्थ्यको डाक्टर हामी आफैं बन्न सक्छौं। आफ्नो जीवनयापनमा कसरी बदलाव ल्याउन सकिन्छ? यहाँ प्रस्तुत छ।

मानिसलाई स्वास्थ्यका अनेकन समस्या आउन सक्छन्। यदि हामीले यहाँ बताइएका कुराहरूमा ध्यान दियौं भने हामी आफै फिट बन्न सक्छौं। यस दिन हरेक मानिसहरूलाई आफू स्वास्थ्य रहन र आफ्नो डाक्टर आफै बन्न अभिप्रेरित गर्नुपर्छ। जानी राखौं, कसरी आफ्नो डक्टर आफैँ बन्न सकिन्छ त? यहाँ बताइएका कुराहरू अपनाउनुस्। तपाई सजिलैसँग आफ्नो शरीरलाई तन्दुरुस्त राख्न सकिन्छ।

बिहान चाँडै उठ्नुस् : बिहान चाँडै उठ्ने गरेमा हाम्रो दिन फ्रेस रुपमा बित्ने गर्दछ। त्यसैले बिहान चाँडै उठ्ने गर्नुस्। बिहान चाँडै उठ्ने गरेमा पाचनतन्त्र ठिक रहन्छ। बिहान चाँडै उठ्नाले मानसिक रुपमा पनि राम्रो हुने हुन्छ। बिहान चाँडै उठ्नाले तपाईमा पर्याप्त समय हुने गर्छ। र, तपाईले चाहेअनुसारको काम गर्न सक्नुहुन्छ। दिन राम्रो हुन्छ।

उठेपछि मनतातो पानी पिउनुस् : हरेक दिन बिहान उठ्ने बित्तिकै मनतातो पानी पिउने गर्नुपर्दछ। यसले मोटोपनबाट शरीरलाई सहि सन्तुलनमा राख्ने गर्दछ। बिहान पानी पिउनाले घाँटीमा तथा किड्नीमा देखिने समस्याबाट छुटकारा पाइन्छ। मनतातो पानीका कागती मिसाएर पिउनाले मोटोपन र पेट सफा राख्न मद्दत गर्दछ।

एक्सरसाइज गर्ने : बिहान उठेर मनतातो पानी पिएपछि योग तथा एक्सर्साइज गर्न अत्यन्तै जरुरी हुन्छ। यसले गर्दा तपाईलाई दिनभर ताजा अनुभव हुने गराउछ। दिनको शुरुवात सकारात्मक तरिकाबाट हुन्छ। र, दिन पनि राम्ररी बित्ने गर्दछ। यसले तपाई तौललाई सही ठाउँमा ल्याउन मद्दत गर्दछ। तपाई रोगदेखि टाढा हुनु हुनेछ।

टुसादार गेडागुडीहरू खाने : बिहान नास्तामा गर्नु शरीरका लागि अत्यन्तै जरुरी हुन्छ। आफ्नो नास्तामा टुसादार गेडागुडी खाने गर्नुस्। यसले गर्दा तपाईंको शरीरलाई निकै फाइदा पुर्याउँछ । तपाईमा यस्ले गर्दा एन्टिबायोटिक, भिटामिन ए, बी, सी र ई ठिक मात्रा अनुसार हुन्छ। तपाईको शरीरमा फाइवर धेरै मात्रामा हुने गर्दछ। यसले गर्दा पाचन प्रणाली चुस्त दुरुस्त हुने गर्दछ।

जङ फुडदेखि टाढा रहने : जतिसम्म सक्नु हुन्छ, बाहिरका खानेकुरा नखानु होस्। बाहिरी खानाहरूमा धेरै मात्रामा क्यालोरी हुने गर्दछ। यसले गर्दा तपाईमा धेरै रोगको समस्या देखिन्छ। बाहिरका खानेकुराहरूमा संक्रमण पनि हुनसक्छ। यसभन्दा बाहेक कब्जियत, पेट दुख्ने जस्ता समस्याहरू तपाईमा धेरै देखिने गर्दछ। यसले गर्दा घरमै बनाएका खानकुराहरू खाने गर्नुस्।

धेरै मात्रामा पानी पिउने : शरीरलाई स्वस्थ राख्नका लागि निकै मात्रामा पानीको आवश्यकता पर्ने गर्दछ। गर्मी समयमा कम पानी पिउनाले धेरै समस्याहरू देखा पर्ने गर्छन्। त्यसैले ज्यादा पानी पिउने गर्नुस्। यसले गर्दा ब्लड सर्कुलेशन राम्रो भएर जान्छ। अक्सिजन तथा ग्याष्ट्रिक हराएर जान्छ। यसले गर्दा हामी स्वस्थ रहन सक्छौं।

धेरै गुलियो तथा नुनिलो वस्तुबाट टाढा रहने : स्वस्थ जीवनका लागि हामीले धेरै गुलियो र नुनिलोबाट टाढा रहने गर्नु पर्दछ। धेरै गुलियो र नुनिलो शरीरका लागि ज्यादै हानिका’रक हुन्छ। धेरै गुलियोले डायबिटिज तथा धेरै नुनिलोले ब्लडप्रेसर उच्च हुने गर्दछ।

धुमपान सेवनबाट टाढा रहने : चुरोट तथा मा’दक प’दार्थबाट टाढा रहने गर्नस्। किनभने यसले हाम्रो शरीरमा निकै नराम्रो असरहरू पैदा गरिरहेका हुन्छ। र’क्सीज’न्य पदार्थको सेवनले शरीरमा कमजोरी पनि महसुस हुन्छ। यसले गर्दा चाँडै बिरामी हुने सम्भावना रहन्छ। यी वस्तुहरू सधैँ टाढा बस्ने गर्नुस्।

खुशी रहने प्रयास गर्नुस् : दिनको शुरुवात खुशीबाट, हाँसोबाट गर्ने गर्नुस्। यसले तपाईका तनाव तथा चिन्ताहरूबाट टाढा रहन निकै सहयोग गर्दछ। खुशी जीवन बाँच्नका लागि खुशी रहन अत्यन्तै जरुरी पनि हुन्छ।

पर्याप्त मात्रामा निदाउने : हेल्दी लाइफस्टाइलका लागि पर्याप्त मात्रामा सुत्न जरुरी हुन्छ। कम मात्रामा सुत्नाले ब्लडपेसर तथा हाइकोलिस्ट्राेल तथा डि’प्रे’सन जस्ता समस्याहरू देखा पर्न सक्छन्। पर्याप्त मात्रामा सुत्नाले दिनको शुरुवात राम्रोसँग हुने तथा फ्रेस हुने गर्दछ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ५ श्रावण २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल