Logo

समाचार

नेप्लिज हिमालयन एसोसियसनको अधिवेशन सम्पन्न, क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन



बेलायत / स्कटल्यांड एबर्डिनबासी नेपालीहरूको साझा संस्था नेप्लिज हिमालयन एसोसियसनले नबीन क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

शनीबार साँझ सम्पन्न अधिवेशनद्वारा सर्वसम्मत रुपमा पुनः क्षेत्रीको नेतृत्वको ११ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो। समितिको उपाध्यक्षमा संचारकर्मी डा. शिव तिवारी रहेका छन् भने सचिवमा डा. टंक दाहाल (मुकुल दाहाल) र कोषाध्यक्षमा डा. दिलीप उप्रेती चयन भएका छन्।

त्यसैगरी, सह–सचिवमा लव सिम्खडा र सह–कोषाध्यक्षमा श्रीकृष्ण भेटवाल (कृश भेटवाल) छानिएका छन्। संस्थाको नयाँ कार्यसमितिका सदस्यहरुमा मुना सापकोटा, राज क्षेत्री, सगुन पौडेल, गुरु भण्डारी र शर्मिला अधिकारी चयन भएका छन्। नयाँ कार्यसमितिमा अधिकांश पुरानै पदाधिकारी तथा सदस्यहरू दोहोरिएका छन्। संस्थाको नयाँ कार्यसमितिको कार्यकाल आगामी २ वर्षको लागी हुनेछ।

अधिवेशनमा अघिल्लो २ वर्षे कार्यकालको प्रगति विवरण र आर्थिक प्रतिवेदन (आय–व्यय विवरण) प्रस्तुत गरिएको थियो। प्रतिवेदनमाथी भएको खुल्ला छलफलपछि बहुमतले पारित गर्दै नयाँ नेतृत्व चयनको प्रक्रियाका लागि पूर्व अध्यक्ष डा. नारायण श्रेष्ठको समयोजकत्वमा ४ सदस्यीय निर्वाचन समिति गठन गरी निर्वाचनको जिम्मा दिईएको थियो । समितिमा संस्थाका पूर्व अध्यक्षहरु टक थापा र मीन भट्ट तथा पूर्व सल्लाहकार अनल गौतम सदस्य रहेका थिए।

नयाँ कार्य समितिको घोषणा गर्दै डा. श्रेष्ठले अत्यन्तै सौहार्दपूर्वक सर्वसम्मतिमा नयाँ समिति गठन भएकोमा खुसी व्यक्त गरे। उनले नयाँ कार्यकालको लागी शुभकामना दिदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष क्षेत्रीले सबैलाई धन्यवाद दिदै आगामी दिनमा एबर्डिनमा बसोबास गर्ने नेपाली समुदायको हितलाई प्राथमिकतामा राखेर हरेक सामाजिक गतिविधीमा हातेमालो गर्ने प्रतिबद्दता जनाए।

मुकुल दाहालद्वारा सञ्चालित नेप्लिज हिमालयन एसोसिएसन (एनएचएएस) को अधिवेशन कार्यक्रममा पूर्व सल्लाहकारहरूको तर्फबाट तोया सापकोटाले निवर्तमान कार्यसमितिको प्रशंसा गर्दै धन्यवाद तथा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए।

अधिवेशन सकिएपछि बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले निवर्तमान कार्यसमिति, निर्वाचन समिति र ऐबर्डीनबासी सम्पूर्ण नेपालीहरूलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्दै र्वमान पदाधिकारी तथा सदस्यहरूलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्ने निर्णय गरेको छ। एनएचएएस कार्यसमितिको अर्को बैठक आगामी शनिवारको लागी तय गरिएको छ।

एबर्डिनमा सन २००७ स्थापित यस संस्थाले विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउदै आएको छ। कोभिडको यो विषम परिस्थितिमा पनि विभिन्न संघसंस्थाहरुसंगको समन्वयनमा बेलायतमा नेपाली तथा अन्य समुदायलाई झण्डै ४५ हजार पाउण्ड बराबरको सहयोग गरेको छ भने राष्ट्रिय अनुसन्धान केन्द्र, रवी लामिछाने फाउण्डेशन लगायतका संघसंस्थालाई सहयोग रकम नेपाल पठाएको छ।

त्यस्तै एनआरएनए स्कटल्याण्डमार्फत समेत नेपालीको उपचारको लागी समेत रकम उपलब्ध गराएको छ। साथै यो संस्थाले नेपाली बालबालिकाहरूलाई लक्षित गरी विगत ८ वर्षदेखी निरन्तररूपमा नेपाली भाषाको कक्षा सञ्चालन गर्दै आईरहेको छ भने नियमित साहित्यिक कार्यक्रमहरूको आयोजना समेत गर्ने गर्दछ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँगकाे अन्तरवार्ता

प्रकाशित : १३ असार २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल