Logo

खेलकुद

अष्ट्रेलियासँगको खेलमा नेपाल १० खेलाडीमा सीमित, कसलाई दिइयो रातोकार्ड? नेपाल ३ गोलले पछि



काठमाडौं – विश्वकप तथा एशियन कप छनोटको खेल अन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल जारी छ। पहिलो हाफमा अष्ट्रेलिया ३–० गोलको अग्रतामा छ।

पहिलो हाफको अन्त्यतिर रोहित चन्द रातोकार्ड खाएर मैदानबाट बाहिरिएका छन्। जसका कारण नेपाल १० खेलाडीमा सीमित भएको हो।

खेलको ४४औं मिनेटमा रोहित चन्दले रातोकार्ड पाएका हुन्। मार्टिन बोएललाई पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा फल गरेका चन्दलाई रेफ्रीले रातोकार्ड देखाएका हुन्।

खेलको छैटौं मिनेटमा नै अष्ट्रेलियाले अग्रता लिएको हो। कप्तान म्याथ्यू लेकीले हेडरमार्फत गोल गरे।

३७औं मिनेटमा अष्ट्रेलियाले अग्रता दोब्बर पारेको थियो। फ्रान कारासिचले दोश्रो गोल गरेका हुन्।

दोश्रो हाफमा नेपाल ३ गोलले पछि परेको हो।

प्रकाशित : २८ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल