Logo

खेलकुद

नेपाल भर्सेस अष्ट्रेलिया: यस्तो छ विश्वकप तथा एशियन कप छनोट खेलमा पछिल्लो परिणाम



काठमाडौं, २८ जेठ – विश्वकप तथा एशिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेलिरहेको छ।

कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को सबैभन्दा बलियो टोली अष्ट्रेलियाविरुद्ध खेल नेपाल १–० ले पछि परेको छ।

विश्वकप फुटबलको अनुभव बटुलिसकेको अष्ट्रेलिया एशियाली समूहमा खेल्न थालेदेखि नै यो समूहको सबैभन्दा बलियो टोलीमध्ये एक हो।

समूह ‘बी’ को एकमात्र अपराजित टोली अष्ट्रेलियाले पहिलो खेलमा नेपाललाई घरेलु मैदानमा ५–० ले हराएको थियो।

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया र पहिलो पटक दोस्रो चरणको छनौटमा पुगेको नेपालबीचको खेल पौने १० बजे शुरु भएको हो।

समूहमा ६ खेलबाट १८ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ। नेपाल ६ अंकसहित चौथो स्थानमा छ।

पाँच टिम सहभागी समूहमा नेपालले पुछारको चाइनिज ताइपेईलाई दुवै खेलमा हराउँदा जोर्डन र कुवेतसँग दुवै खेल हारेको थियो।

नेपालले विश्वकप तथा एशियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाको सामना गरिरहेको छ।

प्रशिक्षक अलमुताइरीले मिडफिल्डमा दुई सहित कुल ५ खेलाडी परिवर्तन गरेका छन्। विशाल राई र एरिक विष्ट मिडफिल्डमा आउँदा डिफेन्समा गौतम श्रेष्ठ र आक्रमणमा नवयुग श्रेष्ठ र सुनिल बल टोलीमा छन्।

पछिल्लो खेलबाट अञ्जन विष्ट, दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन्। विकास खवास चोटका कारण बेन्चमा पनि रहेका छैनन्।

गोलरक्षकमा कप्तान किरण चेम्जोङ तथा सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले नै निरन्तरता पाएका छन्। अघिल्लो खेलमा विकास घाइते भएपछि डिफेन्समा झरेका सुमनले आज सोही पोजिसनमा रहेर खेलिरहेका छन्। दीनेश राजवंशीको स्थानमा गौतम श्रेष्ठले राइट ब्याक सम्हाल्नेछन्।

मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक विष्ट र विशाल राईले साथ दिइरहेका छन्। आक्रमणमा अन्जन विष्ट बेन्चमा रहेका छन्। नवयुग श्रेष्ठले सुमन लामा र सुनिल बलको साथ पाएका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २८ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल