Logo

समाचार

दीपक मनाङेलाई भेट्न पोखरा पुगेका गुण्डा नाइके गणेश लामा पक्राउ



गण्डकी प्रदेशका सांसद् दीपक मनाङेलाई भेट्न पोखरा आएका गुण्डा नाइके गणेश लामालाई प्र’हरीले नियन्त्रणमा लिएको छ।

कांग्रेस नेता समेत रहेका लामालाई ‘सोधपुछका लागि’ प्रहरीले नियन्त्रणमा लिएको हो। विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्र’हरीले पक्राउ गरेको हो।

लामालाई पक्राउ गरी इलाका प्र’हरी कार्यालय बैदाममा सोधपुछका लागि राखिएको छ। डिएसपी तथा प्रवक्ता सुवास हमालले लामालाई सोधपुछका लागि ल्याइएको बताएका छन्।

मनाङेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कविहीन भएका थिए। मनाङे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थित थिए।

मनाङेको मतले विपक्षीको सरकार बन्‍ने निश्चित भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि प्रदेश सरकार ढलेको छ।

बिहीबार भएको मतदानमा गुरुङको पक्षमा २७ मत परेको हो। विपक्षको ३० मत परेको सभामुखले जानकारी दिएका हुन्। यससँगै गुरुङ पदमुक्त भएका छन्।

आजको प्रदेशसभा बैठकमा ५८ जना सांसद उपस्थित भएका थिए। ५७ सांसदले मतदान गरेका छन्। प्रदेशसभाको ठूलो दलको नेता भएकाले गुरुङ गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका थिए।

त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वा’सको मत दिनुपर्ने प्रावधान संविधानमा छ। संवैधानिक प्रावधानअनुसार उनले विश्वा’सको मत लिएका हुन्।

मुख्यमन्त्री गुरुङलाई सरकारमा रहन ३१ मत आवश्यक थियो। आवश्यक संख्यामा विश्वा’सको मत नपाएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएका हुन्।

६० सदस्यीय प्रदेशसभामा एमालेसँग २७ सांसद छ। प्रदेशसभामा कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखबाहेक ११, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सांसद छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वा’सको मत मागेपछि फेरि चर्चामा आए प्रदेश मन्त्री दीपक मनाङे।

मनाङे स्वतन्त्र सांसद् हुन्। एमालेका २७ सांसद्, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका ३ सांसद्मध्ये कुनै ३ सांसद्लाई मनाएर विश्वासको मत प्राप्त गर्ने चाहना थियो गुरुङको।

जनमोर्चाका २ सांसद्लाई ३ मन्त्रालय दिने प्रस्ताव पनि उनले गरेका थिए। गुरुङ २८ मत सुनिश्चित छ भन्नेमा ढुक्क थिए। तर, आफ्नै मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङे पनि मुख्यमन्त्रीको विपक्षमा उभिए। तर, मनाङेको एक भोटले मात्रै मुख्यमन्त्रीको पद जोगिने थिएन।

प्रदेशसभाको ठूलो दलको नेता भएकाले उनी गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका थिए। त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वा’सको मत दिनुपर्ने प्रावधान संविधानमा छ। संवैधानिक प्रावधानअनुसार उनले विश्वा’सको मत मागेका थिए।

गण्डकी प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ ६० सदस्यीय प्रदेशसभामा एमालेसँग २७ सांसद छ। विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक हुन्छ।

मतदान शुरु हुनुअघि नै मनाङे ‘सम्पर्कविहीन’ भएका थिए। उनको मोबाइल पनि अफ रहेको थिए। मनाङेले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको विपक्षी गठबन्धनलाई सहयोग गर्ने वचन दिएका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २७ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल