Logo

मनोरञ्जन

मोडल तथा कलाकार निशा घिमिरे नर्भिकमा भर्ना, कसरी पुगिन् यस्तो अवस्थामा ?



काठमाडौं, २७ जेठ – उदीयमान कलाकार तथा मोडल निशा घिमिरे। थुप्रै म्युजिक भिडियोमा अभिनय गरिन्।

कयौं म्युजिक भिडियोमा काम गरेकी घिमिरे बिहीबार नर्भिक अस्पतालमा भएकी छिन्।

वि.सं. २०७५ पुस १७ गते भारतको देहरादुनमा सवारी दु’र्घ’टनामा परेकी कलाकार घिमिरे जटिल स्वास्थ्य समस्यासँग जुधिरहेकी छिन्।

निशाका बुवा प्रेमप्रसाद घिमिरेका अनुसार स्वास्थ्य अवस्था अलि गम्भीर भएपछि नर्भिक हस्पिटलमा भर्ना गरिएको हो।

तर, दुर्घटना भएर थलिएपछि निशाका सारा सपना तोडिन पुगेका छन्। विभिन्न म्यूजिक भिडियोमा अभिनय गरेकी निशा अहिले अत्यन्तै स्वास्थ्य समस्यासँग जुधिरहेकी छिन्।

आर्थिक अवस्था कमजोर रहेका कारण निशाको उपचार हुन सकेको थिएन।

२०७५ सालमा उनी अभिनयको कोर्स पढ्न भारत गएकी थिइन्। दु’र्घ’टना भएपछि भारतमै उपचार गरिएको थियो।

तर, त्यहाँको अस्पतालको उपचार महँगो भएपछि उनलाई नेपाल ल्याइएको थियो। काठमाडौंको ट्रमा सेन्टरमा ३ महिना उपचार गरिए पनि स्वास्थ्यमा सुधार आएन।

चिकित्सकको सल्लाहअनुसार थेरापी गरिएपछि उनको शरीर सुक्दै गयो। ‘तिघ्रामा लागेको चोट अहिले बल्झियो, त्यसैले अस्पताल ल्याइएको हो,’ निशाका बुवाले भने।

नर्भिक हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीको पहलमा उपचारका लागि निशालाई उक्त अस्पतालमा भर्ना गरिएको हो।

ललितपुरको बतासे घर भएकी निशालाई नर्भिक हस्पिटलकै एम्बुलेन्समा थापाथली ल्याइएको हो।

प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ। शरीरका महत्त्वपूर्ण अंगहरू मुटु, मिर्गाैला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या नदेखिएको चिकित्सकहरूको भनाई छ।

‘यो कलियुगमा पनि भगवान् हुँदा रहेछन् । मेरी छोरीलाई उद्दार गर्नेको भलो होस्,’ निशाका बुवा प्रेमप्रसादले भने, ‘छोरी बेडमै लडेको ३ वर्ष भयो, अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ।’

नर्भिक हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको गम्भीर अवस्था फोटोमा देखेपछि उद्दार गरेको बताएकी छिन्। अब आफ्नै समन्वयमा उनको सम्भव हुनेजति उपचार गरिने उनले जानकारी दिइन्।

यसअघि, कलाकार संघकी उपाध्यक्ष रेजिना उप्रेतीले निशाको अवस्थाबारे सामाजिक सञ्जालमा फोटोसहितको पोस्ट गरेकी थिइन्।

यसैबीच, निशाको उपचारका लागि सहयोग गर्न चाहनेले निशाका बुवा प्रेमप्रसाद घिमिरेको नाममा रहेको सनराइज बैंकको खाता नम्बर ०८४०६१३६१३२०५००१ मा सहयोग गर्न सक्नु हुनेछ।

कलाकार निशाका बुवा प्रेमप्रसाद घिमिरेको मोबाइल नम्बर ९८५१२३८९५२ मा सीधा सम्पर्क गर्न सक्नु हुनेछ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २७ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल