Logo

आर्थिक

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य १ सय २५ रुपैयाँ पुग्यो, डिजेल र मट्टितेलकाे कति ?



काठमाडौं, २३ जेठ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि गरेको छ।

नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले बृद्धि गरेको हो।

शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको छ।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिलेको मूल्यमा ती सबैमा दुई रुपैयाँ बृद्धि गरिएको जानकारी दिएका हुन्।

बृद्धि गरेको भाउअनुसार पेट्रोल १ सय २५ रुपैयाँ, डिजल १ सय ८ रुपैयाँ र मट्टितेल र प्रतिलिटर ८० रुपैयाँ कायम गरिएको छ।

पेट्रोल १ सय २३, डिजल १ सय ६ र मट्टितेल र ७८ रुपैयाँ थियो। खाना पकाउने एलपी ग्यासमा मूल्यवृद्धि भएको छैन।

यसअघि, निषेधाज्ञाकै बीचमा जेठ २ गते निगमले इन्धनको मूल्य वृद्धि गरेको थियो ।

निगमले भारतीय आयल कर्पोरेशनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएको र मूल्य समायोजनको विकल्प नभएको बताएको छ।

प्रवक्ता उपाध्यायले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुने गरी बढेको भाउ कायम हुने र उक्त मूल्य समायोजनपछि पनि निगमलाई घाटा रहेको बताएका छन्।

उनले मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्याँसमा २ सय ५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको दावी गरेका छन्।

उपाध्यायले निषेधाज्ञामा सवारी साधन कम चलेको बेलामा अबको १५ दिनमा निगमलाई कम्तीमा ५९ करोड २८ लाख घाटाको प्रक्षेपण गरिएको बताएका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २३ जेष्ठ २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल