Logo

समाचार

टीकाराम यात्रीले विश्व टेलिभिजन इतिहासमै बनाए नयाँ रेकर्ड, राखे नेपालको नाममा विश्व कीर्तिमान



चर्चित प्रस्ताेता पत्रकार एवं एपी वान एचडीका प्रधानसम्पादक टीकाराम यात्रीको ‘तमसोमा ज्योतिर्गमय’ले विश्वकै सबैभन्दा उचाइमा छायांकन गरेर नयाँ विश्व कीर्तिमान बनाएको छ।

लोकप्रिय कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’ले सगरमाथाको आधार शिविरको सबैभन्दा उच्च स्थान अर्थात् विश्वकै सबैभन्दा उचाइमा छायांकन गरेर उक्त नयाँ कीर्तिमान बनाएको हो ।

जनतामाझ तथ्य र निष्पक्ष विषयवस्तु प्रस्तुत गर्दै आएको एपीवान टेलिभिजनले वर्ल्ड बुक अफ रेकर्ड लन्डनमा नाम लेखाएको छ। कार्यक्रम तमसोमा ज्योतिर्गमय सगरमाथाको आधार शिविरको सबैभन्दा माथिल्लो स्थान अर्थात् ५ हजार ५ सय ५० मिटरको उचाइमा छायांकन गरेर वर्ल्ड बुक अफ रेकर्डमा नाम लेखाउन सफल भएको हो।

वर्ल्ड बुक अफ रेकर्डले एपीवान टेलिभिजनलाई विश्व रेकर्डको प्रमाणपत्र पनि प्रदान गरेको छ।

विश्वको सर्वोच्च शिर सगरमाथाको आधार शिविरको सबैभन्दा माथिल्लो स्थानमा सञ्चालन गरिएको कार्यक्रम तमोसोमा ज्योतिर्गमयका प्रस्तोता एवं एपीवान टेलिभिजनका सम्पादक टीकाराम यात्रीले तत्क्षणको अनुभूति शब्दमा व्यक्त गर्न नसकिने बताए।

एपीवान टेलिभिजनको कार्यक्रम तमोसोमा ज्योतिर्गमय जेठ ४ गते सगरमाथाको आधार शिविरमा छायांकन गरिएको थियो।कार्यक्रममा सबैभन्दा कम उमेरमा आठ हजारभन्दा माथिका विश्वका १४ वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका मिङमा शेर्पासँग अन्तर्वार्ता लिइएको थियो।

रमेश खरेल अब राजनीतिमा ?

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल