Logo

स्वास्थ्य

अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्यसम्बन्धी वेबिनार आयोजना गरिँदै



काठमाडौं – ह्याप्पी माइन्ड्स नामक संस्थाले स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धी वेबिनार आयोजना गर्न लागेको छ।

कोभिड १९ महामारीको बेलामा पनि अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धी वेबिनार आयोजना गर्न लागिएकाे हाे।

उक्त वेबिनार बिहीबार, जेठ २० गते (३ जुन) अपरान्ह ६ बजे देखि झन्डै एक घण्टा भर्चुएल माध्यमबाट आयोजना गरिने उक्त संस्थाले जानकारी दिएकाे छ।

नेपालको अग्रणी अनलाइन बजार, दराज नेपालसँगको सहकार्यमा उक्त वेबिनार आयोजना गर्न लागिएको हो। महामारीको बेलामा पनि अग्रमोर्चामा खटेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुले तनाव, विवादलगायत अन्य मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरु व्यहोरी रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्।

त्यसैले उनीहरुका व्यावहारिक समस्याबारे जानकारी प्राप्त गरी विज्ञहरुद्वारा परामर्श दिने उदेश्यले उक्त वेबिनार आयोजना गर्न लागिएको ह्याप्पी माइन्ड्स संस्थाकी प्रमुख कार्यकारी श्रीया गिरीले बताइन्।

‘उहाँहरुको आवश्यकतालाई ध्यानमा राखी हामी मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका अन्य संस्थाहरुसंग सहकार्य गरी दीर्घकालिन सेवा पुराउन पनि प्रतिबद्ध छौं,’ उनले भनिन्।

इच्छुक स्वास्थ्यकर्मीहरुले यो लिंकमा गएर आफ्नो विवरण दर्ता गरे पछि आयोजक संस्था ह्याप्पी माइन्ड्सले जूम लिंक र पास कोड पठाउने उनले जानकारी दिएकी छिन्।

https://docs.google.com/forms/d/e/1FAIpQLSd5H5eYSwNoYvtb42DiuvniEmSev4C0aPRmtE UFcJGODMPKlQ/viewform?usp=sf_link

लकडाउनका कारण आफ्नै कर्मचारीहरुले मानसिक स्वास्थ्य समस्या भोगीरहेको थाहा पाएपछि परामर्श सेवाबारे बुझ्दै जाँदा दराजको ह्याप्पी माइन्ड्ससंग सम्पर्क भएकाे हाे।  कोभिड महामारीको बेलामा पनि आफ्नै स्वाथ्यलाई जोखिममा राखेर रातदिन अग्रपंक्तिमा खटीएका स्वास्थ्यकर्मीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले ‘कर्पोरेट सोसियल रेस्पन्सिबिलिटी’ अन्तर्गत दराजले ह्याप्पी माइन्ड्ससंग मिलेर यो कार्यक्रम आयोजना गर्न लागेका हो बताइएकाे छ।

दराजले उक्त वेबिनारमा सहभागी भएर लाभान्वित हुन नेपाल भरिरहेका सबै स्वास्थ्यकर्मीहरुलाई अनुरोध पनि गरेको छ। उक्त वेबिनारमा साइकोलोजिस्ट बिनोद पौडेल तथा मानसिक स्वास्थ्यसम्बन्धी नर्स सुस्मिता बोगटीले तनाव, चिन्ता, त्रास, अनिद्रा लगायत विभिन्न मानसिक स्वास्थ्य समस्याबारे स्वास्थ्यकर्मीहरुका जिज्ञासाको जवाफ दिनेछन्।

उनीहरुले आफ्नो मानसिक स्वास्थ्यको कसरी ख्याल गर्ने तथा कसरी तनाव मुक्त हुनेबारे विभिन्न विधिहरु पनि सिकाउने बताइएकाे छ। उक्त वेबिनारमा भाग लिन कुनै शुल्क नलाग्ने र ह्याप्पी माइन्ड्स तथा दराजका फेसबुक पेजहरुबाट पनि प्रत्यक्ष प्रसारण गरिने आयोजक संस्थाले जानकारी दिएकाे छ। 

ह्याप्पी माइन्ड्स नेपाल भित्र र संसार भरिरहेका नेपालीहरुलाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्श तथा थेरापी सत्रहरु संचालन गर्ने एक अनलाइन प्लेटफर्म हो। उक्त संस्थासँग अनुभवी तथा परामर्श सेवा प्रदान गर्न अनुमति प्राप्त साइकोथेरापिस्टहरु आबद्ध छन्।

थप जानकारीका लागि:

http://www.happyminds.health

प्रकाशित : १९ जेष्ठ २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल