Logo

समाचार

कोरोनाविरुद्धको भेरोसेल खोप आगामी जेठ २५ गतेदेखि, कहाँ र कसलाई लगाइँदै छ?



काठमाडाैं, १९ जेठ – कोरोना भाइरसविरुद्धको भेरोसेल खोप आगामी जेठ २५ गतेदेखि लगाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप ६० देखि ६४ वर्षका नागरिकलाई लगाइने भएको हो।

अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइने छ। नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गरेका थिए।

चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमा दिएको थियो। चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ। एक लाख डोज बुधबार आइपुग्ने छ।

चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदानमै दिने घोषणा गरेको हो।

काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले जेठ १२ गते बुधबार दिउँसो थप १० लाख खोप दिने घोषणा गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेपछि चिनियाँ राष्ट्रपति सीले खोप दिने घोषणा गरेका थिइन्। राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग ४५ मिनेट टेलिफोन वार्ता गरेकी थिइन्।

चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिएको थियो।

भण्डारी र सीबीचको वार्ताका क्रममा राष्ट्रपति भण्डारी नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको बताइन्। त्यसका लागि पहल गरिदिन उनले अनुरोध गरेकी थिइन्।

राष्ट्राध्यक्षको तहमा कुराकानी हुँदा सरकार र कूटनीतिक नियोगलाई पनि काम गर्न सजिलो हुने भएकाले राष्ट्रपति भण्डारीले दुवै देशका समकक्षीलाई खोपका लागि अनुरोध गरेकी हुन्।

मंगलबार भारतीय समकक्षीलाई पठाएको पत्रमा राष्ट्रपति भण्डारीले भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद दिएकी थिइन्।

कोरोना दोस्रो लहरले नेपाललाई पनि आक्रान्त बनाएको र यसलाई रोक्ने प्रभावकारी उपाय खोप नै भएकाले खोप उपलब्ध गराउने पहलका लागि कूटनीतिक माध्यमबाट पत्राचार गरी राष्ट्रपतिले आग्रह गरेकी थिइन्।

नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ। राष्ट्रपतिले त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गरेकी छिन्।

भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो। त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि भारतलाई रकम उपलब्ध गराएको थियो। त्योमध्ये १० लाख खोप आएको छ। बाँकी १० लाख आएको छैन।

कसरी घरमै गर्ने काेराेनाकाे उपचार, डा. सुवर्ण पाैडेलसँग अन्तरवार्ता

प्रकाशित : १९ जेष्ठ २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल