Logo

समाचार

काठमाडौं उपत्यकामा ‘घरमै बसी रक्तदान गरौं, जीवनदान दिऔ’ अभियान



भक्तपुर, १७ जेठ – ‘घरमै बसी रक्तदान गरौं, जीवनदान दिऔ’ भन्ने नारासहित रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।

राष्ट्रिय युवा अभियान नेपाल र लियो क्लब अफ काठमाडौं एम्पायरको सहकार्य र नेपाल रेडक्रस भक्तपुरको सययोगमा पहिलो चरणको रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

कोभिड–१९ को उच्च स‌ंक्रमणलाई दृष्टिगत गर्दै हाल देशका विभिन्न ठाउँमा जारी लकडाउनका कारण रक्तदान कार्यक्रमहरू रोकिएको छन्।

बिरामीहरूले समयमै रगत नपाउँदा विभिन्न समस्या खेप्नुका साथै ज्यानै जोखिममा पर्ने अवस्थाहरू सिर्जना भएको छ।

अहिले रगतको आवश्यकताका आधा जति मात्र आपूर्ति गर्न सकिएको र तत्काल लामो दूरी जान र भीडभाडमा रक्तदान कार्यक्रम गर्न व्यावहारिक नभएकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको आयोजकले जानकारी दिएको छ।

जसअन्तर्गत रक्तदाताले गुगल फर्ममा मागेका विवरणहरू भरेपछि दाताको पायक पर्ने ठाउँमा रगत संकलन गर्न नेपाल रेडक्रसको टोली आउने छ। रगत संकलन गर्न आउनुअघि समय र स्थानका निम्ति सम्पर्क गरिने आयोजकको भनाई छ।

पहिलो चरणको रक्तदान कार्यक्रम कौशलटार, गठ्ठाघर, कोटेश्वर, महालक्ष्मीस्थान, बल्खुमा सम्पन्न भएको छ।

यो कार्यक्रम अगाडि बढाउन अधिराज आचार्य, कृष्णचन्द्र सोडारी, प्रज्ञान बस्नेत, राजेश शर्मा, तपेन्द्र ढकाल, शुभम् श्रेष्ठ, सुरज शाह, सागर पन्थीका साथै नेपाल रेडक्रस भक्तपुर शाखाका प्रतिनिधि सोम प्रधान, नवराज काफ्ले र सिङ्गो टिमले महत्त्वपूर्ण भूमिका खेलेका थियो।

यो कार्यक्रम अरु चरणमा पनि विभिन्न ठाउमा हुने कुरा अधिराज आचार्यले बतायका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल